बहुमत पुग्‍ने पक्का नभएसम्म कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने

messenger sharing button
linkedin sharing button

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा नरहेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल जारी राख्‍ने भन्दै अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नबढाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अविश्वासको प्रस्तावका लागि अहिलेसम्म संख्या नपुगेको बताए । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो एक वर्षसम्म राख्न नपाइने भएकाले  पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव नल्याउने उनले बताए । बैठकले नेपालमा अन्य देशबाट खोप ल्याउनका लागि छिमकी देशसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *