कन्चन म्युजिक इन्टरटेनमेन्टले हालसालै “बदलिदेउ तिमी” बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार प्राडा अच्युत शर्माको रचना र बसन्त खड्काको संगीत रहेको उक्त गीतमा बसन्त खड्काको स्वर रहेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् ।
गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृगतृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली, “लालिमा” “छहरा”, “बेस्ट अफ बसन्त खड्का १ र २ लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् । कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् । कन्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र संगीतमा “राजमार्ग”, डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै संगीतमा “संगै संगै , सुविद गुरागाइको रचना र आफ्नै संगीतमा “कालापानी”, रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत सुनिता दुलालसँग युगल स्वरमा “घुम्टो” , विनोद रोकाको रचनामा “रातो छ साडी” लगायत गीतहरू सार्वजनिक गरिसकेका छन् ।
सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका प्राडा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत संगीतमा उदाएका छन् । डा शर्माका गीतहरूमा राष्ट्रप्रेम, सामाजिक सद्भाव, एकता र मानवीय भावना ओतप्रोत भएको पाइञ्छ। गरिएको हो । गीतको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) संगीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन चाही नविन निरौलाले गरेका छन्।
डा शर्माका यस अघि पनि राजेशपायल राइ, अन्जु पन्त र हिमालसागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन । “बदलिदेउ तिमी” गीतमा डा शर्माले मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थामा सकारात्मक सोचका साथ आफुलाई भित्रै देखि बदल्न सके सिङ्गै संसार बदल्न सकिने संदेश दिन खोजेका छन्।
https://www.youtube.com/watch?v=se73jcdxpjY&feature=emb_logo