‘बर्लिनाले ट्यालेन्ट’मा छानिइन् अभिनेत्री गौमाया

काठमाडौँ — अभिनेत्री गौमाया गुरुङ ‘बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रुअरी १७-२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनौट भएकी हुन् ।

१ सय ३१ देशभरबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् । उनलाई ‘एक्टिङ स्टुडियो’को सदस्यका रूपमा आयोजकले छनोट गरेको हो । एक्टिङ स्टुडियोले अभिनयकै विधामा आफैंलाई तिर्खादै लैजान गौमायालाई यो सहयोग गर्नेछ ।

ट्यालेन्टका रूपमा सहभागी हुनेहरू बर्लिनको सदस्य(आल्मुनाइ)का रूपमा चिनिनेछन् । यसअघि साउन्डमा किशोर आचार्य साउन्डतर्फ छनोटमा परेका थिए । आवेदन दिएका ३८ सयमाथिको आवेदकमध्येबाट आफू छानिँदा गौमाया खुसी व्यक्त गर्छिन् । ‘राम्रा सिनेमेटोग्राफरहरूले यो वर्ष बर्लिनमा आवेदन भरेका थिए । तर, उहाँहरूमध्ये कति राम्राहरु पनि छानिनु भएन । तर, म छानिएँ । मलाई त विश्वास नै लागिरहेको छैन,’गौमायाले भनिन्,’मलाई यहाँ पुग्न सहयोग गर्नुहुने दीपक रौनियार र आशा मगरातीलाई धन्यवाद दिन चाहन्छु ।’

जनवरीमा बर्लिनले सहभागी सम्पूर्ण ट्यालेन्टको घोषणा गर्नेछ । गौमायाले ‘कब्बड्डी-४’, ‘फूलबारी’, ‘१९१५: लिजेन्ड अफ गुर्खाज’लगायत म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *