बन्द कोठाबाट शिक्षक नेतृत्वको प्रधानमन्त्रिलाई चिठ्ठी

( सम्माननीय प्रधानमन्त्रीज्युलाई खुल्ला पत्र )
सम्माननीय प्रधानमन्त्री
के.पी. शर्मा ओलीज्यु
बालुवाटार, काठमाडौ ।
विँषय: मेरा मनको कुरा ।
महोदय,
म एक नेपाली शिक्षित नेपाली नागरिक हुँ । वर्तमान अवस्थावारे जानकार छु । मुलुक लगायत विश्व corona covid-19 भाइरसको माहामारीले भयावहको अवस्थाबाट गुज्रीरहेको छ । त्यसैले सरकारले पनि Lock Down को निर्णय गरेको छ । सरकारले निर्णय गरे पश्चात म पनि त्यसको पालना गरेर बसेको छु ।
प्रधानमंत्रीज्यु ,
तपाई पनि भर्खर मात्र मृगौला प्रत्यारोपण स्वास्थ्य आराम गरिरहनु भएको छ । शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अस्पतालमा केही दिन अझ बस्नु पर्ने डाक्टरको सल्लाहलाई समेत वेवास्था गरि वालुवाटार फर्कनु भयो । यत्ती सम्म त ठिकै छ । तपाई त्यसदिन डिस्चार्ज गरी बालुवाटार फर्कदै गर्दा सिडी ओर्लदा खुट्टा खस्रक्क भएर धरखराऊदा मैले टेलिभिजनबाट हेर्दा ‘बिचरा’ मात्र भने । मैले त्यसो भन्ने बाहेक मेरो बुँतामा केही थिएन ।
प्रधानमंत्रीज्यु,
मुलुकको शक्तिशाली प्रधानमंत्रीको मृगौला प्रत्यारोपण सफल भएको समाचार डाक्टर संचारकर्मी नेपाली जनता र विश्व जगतलाई देखाउने चाहनाको भोक कस-कसलाई जाग्यो त्यो मैले जान्ने कुरा भएन । त्यसो गर्नु हुन्थ्यो हुन्नथ्यो अहिले फुर्सद छ एक पटक त्यो भिडियो हेर्न सादर अनुरोध छ ।
प्रधानमंत्रीज्यु,
अहिले विश्वभर कोरोना १९ भाइरसले आक्रान्त छ । त्यसै कारण संसार नै Lock Down को अवस्थामा छ । म पनि यो समय घरमा बसेको छु, टि.भी. हेर्यो, मोवाईल चलायो, पुस्तक पढ्यो,कथा, कविता, मुक्तक लेख्यो, श्रीमती आमा छोराछोरीसंग गफ गर्यो यसरी दिन चर्या चलेको छ ।
सम्माननीय प्रधानमंत्रीज्युले पनि मैले जस्तै नगरे पनि वालुवाटारबाट मन्त्रिमण्डलको बैठक राख्नु, निती निर्माण गर्नु निर्देशन गर्नु भएकै छ । यो प्रशंसनीय कार्य हो नै यो समय ।तर,
प्रधानमंत्रीज्यु,
म यसो फुर्सदको समय भयो कि विभिन्न टेलिभिजन च्यानल हेर्छु त्यहाँ प्रशारण भएको समाचार सुन्छु, त्यो समाचार र त्यहाँ प्रशारण भएको दृश्यले मलाई गिज्यायो, छाती छिया छिया भयो, कहिले आक्रोश, कहिले दया, करुणा सहानुभूति आयो मन भतभती पोल्यो । यसै बीच मेरा मनमा केही प्रश्न उठे,
१. कोरोनाको संकट छ, यस्तो विषम घडीमा नागरिकलाई सुरक्षित राख्नु छ, उपचार, औषधि, PPE लगायत स्वास्थ्य सेवा पुर्याउनु छ नेपालमा केही उत्पादन हुदैन, संसार ठप्प छ,
यस्तो हतास मनःस्थिति छ । तैपनि अस्पतालमा कार्यरत चिकित्सक ज्यान जोखिममा अहोरात्र खटेकै छन विना PPE ।
२ . नेपाली हुँ नेपाल प्रवेश गर्न पाऊ भन्दा प्रवेश गराउनै नसकिने यस्तो क्रुर निर्णयले महाकाली नदिमा हामफाल्ने होस
या दशगजामा मातृभूमि जान पाऊँ भनेर अरण्यरोदनले तपाईको मन पनि त भतभती पोलेकै छ होला नि हैन त ?
३ . मरे पनि नेपाली भुमीमा मर्छु भनेर सारा संसारभर छरिएका नेपालीहरु मातृभूमि आउन चाहेको समाचार हेर्दा र यस्तो संकटको घडीमा ल्याउन नसकिने कुरा जानेर मन कुटुक्कै काटेकै हुनुपर्छ ।
४ . वैदेशिक रोज़गारको रेमिट्यान्सबाट धानेको नेपाली अर्थतन्त्र र त्यहाँ काम गर्ने नेपाली जनताको अवस्था यो संकटको घडीमा के कस्तो छ जानकारी राख्न नसक्ने कुटनितीज्ञ, तत्कालै उद्धार गर्न नसक्ने आफ्नो देशको संरचनाबाट दिक्क त हुनुहोला नै तर पनि सहानुभूति समेत नदेखाएकोमा तपाईलाई पनि खिन्न त लागेकै होला ? हैन त !
५ . यस्तो संकटको घडीमा यहाँले देश र नागरिकलाई बचाउन हर प्रयास गरेकै छ, हुनुपर्छ । आम नागरिक र प्रतिपक्षको समेत साथ सहयोग लिनु पर्नेमा तपाईको मन्त्रीज्युहरुका भनाई र दम्भले अझ भासिने पो हो कि जस्तो डर लाग्दैछ ?
६ . औषधि ख़रिद ठेक्का पट्टामा देखिएको प्रकियागत त्रुटी हो वा माफियातन्त्रको खेल हो ? या यो संकटको घडीमा गरिएको निर्णय हो भनेर आम नागरिकलाई पनि त आश्वस्त पार्न सकिन्थ्यो नि हैन र प्रधानमंत्रीज्यु । कतै हामी चुक्यौ कि ?
७ . २४ सै घण्टा खटिने सुरक्षाकर्मीप्रतिको कामलाई सह्रानिय गर्नुको बदला साना तिना घटनालाई लिएर तिललाई पहाड बनाउने समाचारले तपाईलाई कस्तो भयो होला ?
८ . अझै मनन गर्न योग्य कुरा त यो त कोरोना आतंकको कारण देशभरि कै निजी तथा सरकारी अस्पतालहरुले तपाईलाई लागे जस्तै रोगको डायलासिस नगर्ने सामान्य ज्वरो रुघाखोकी, झाडावान्ता र दम रोगी लगायत अन्य कुनै पनि रोगको उपचार नगर्ने र निशेध गर्ने प्रपन्चले कत्ती आम नागरिकलाई असर पर्या होला ? त्यसलाई पनि उपयुक्त निर्णय र आदेश दिने बेला भएन र ? त्यती कै सडक मैं मर्ने ?
९ . राहत हुने खानेले पनि हात थाप्छन ! देखेकै हो एक- दुईवटा आलिशान भवन हुने २-४ रोपनी जग्गा जमिन हुने, वर्षमा ८-१० कमाई हुनेले पनि गाई गोठ र नोकर बस्ने छाप्रो भत्किदा राहत लिएकै हुन ? सिफ़ारिश गरेकै हुन ? राहत नेपालीलाई कहिल्यै पुग्दैन ? नपुगोस पनि ? बाबुकोधन फुपुको सराध्द ।
१० . अहोरात्र खटिने स्वास्थ्यकर्मी, सेना, प्रहरी, सशस्त्र, कोरोना संलग्न राष्ट्रसेवक कर्मचारी, स्थानिय तहका कर्मचारी, पत्रकार, समाजसेवी, चन्दादाता, सहयोगी, साथै विशेष गरी स्थानीय तह र प्रदेश तहका सरकार र जनप्रतिनीहरुको मनोबल बढाउन अनुगमन वा सम्बोधन गर्ने बेला भएन र ढिला होला – प्रधानमंत्रीज्यु ?
र अन्त्यमा
टेलिभिजन, अनलाइन समाचार पढ्दा, युट्युव समाचार हेर्दा
प्रधानमंत्रीज्युलाई पनि यी र यस्ता समाचारले मन भतभती पोल्दो हो ? यी समाचार सुन्दा र हेर्दा सल्लाहकारको आवश्यकता पनि पर्दैन त्यस पछि आफैले मनन गर्ने हो । सबै समाचार सही नहुन पनि सक्छन ? आख़िर मन त मन नै हो हैन र प्रधानमंत्रीज्यु !
त्यसैले, मैले प्रधानमंत्रीज्युको नाममा यो खुल्ला पत्र लेख्ने दुस्साहस गरे । यहाँ समक्ष पुग्नेछ र पढ्नु हुनेछ भन्ने आशा पनि छ । धन्यवाद 🙏🏿 ।
एक सचेत नागरिक
सुन्दर पन्त काठमाडौ ।

One Reply to “बन्द कोठाबाट शिक्षक नेतृत्वको प्रधानमन्त्रिलाई चिठ्ठी”

  1. हामि शिक्षकको मनका कुरा, सुझाब पढ्ने फुर्सद नै के होला र पि एम ज्यु लाइ। फुर्सद निकालेर पढ्नुभए राम्रो हुन्थ्यो ।आजका सबै परिद्रिश्य लाइ पत्रमा छर्लङ्ग पारिदिनुभएको छ शिक्षक नेताले। एक एक गरेर निमिटयान्न बनाउनुस्।पि एम ज्यु।तपाइ हामि सबैको भलो हुन्छ।

Leave a Reply

Your email address will not be published.