फ्लाइट चार्टर गरेर स्वदेश फर्कन सक्ने नेपाल सरकारको निर्णय 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुले चार्टर्ड फ्लाइट लिएर स्वदेश फर्कन पाउने निर्णय गरेको छ।  यस अधि नेपाल सरकारले विभिन्न देशका लागि महँगो र अन्य निशुल्क ल्याइदिने एयरलाइन्सलाइ पन फ्लाइट अनुमति दिएको थिएन।

मे १२, २०२० शुक्रबार गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगारी तथा मानव कल्याणकारी कार्यदलका  चेयर पर्शन डा बद्रि के सीले आयोजना गर्नु भएको संघको मिडिया टिमसंगको ब्रिफिङमा सो कुरा जानकारी गराइएको हो।

गैरआवासीय नेपाली संघको मिडिया टिमसंगको ब्रिफिङमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले अब फ्लाइट चार्टर गरेर पनि नेपाल आउन सकिने बाटो खोलिदिएको जानकारी गराउनु भएको हो। शुक्रवार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइट गरेर स्वदेश फर्कन पाउने निर्णय गरेको हो। यसका लागि संबन्धित देशको राजदूताबासलाइ अन्तरिक सर्कुलर भएको समेत नेपाल सरकारबाट भएको कुरा अध्यक्ष पन्तले जानकारी गराउनुभयो।

गैरआवासीय नेपाली संघको मिडिया टिमसंगको ब्रिफिङमा संघका उपाध्यक्ष डा. बद्री केसीले कोभिड १९ को विश्वब्यापी अवस्था, विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लागि भएका प्रयास, गतिबिधि र पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

सो अवसरमा गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मा, सचिव आरके शर्मा र मिडिया टिमका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रवक्ता डिबी क्षेत्रीको संयोजनमा मिडिया टिमसंगको ब्रिफिङ कार्यक्रम आयोजना गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *