त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। उसका अनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य सवार थिए।
ढाकाबाट यात्रु बोकेर आएको जहाज दिउँसो २ बजेर १८ मिनेटमा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो।