प्रवासलाई समृद्धिमा जोड्ने अभियानको परिणाम ‘देश देशावर’

होमप्रसाद लम्साल

नेपाली पत्रकारितामा कुनै बेला यस्तो समय थियो, जतिबेला गैरआवासिय नेपाली संघका केहि मानिसहरु नेपाल आउँदैछन भन्ने सुन्ने वित्तिकै मन्त्रिहरु एयरपोर्ट जान हानाथाप गर्थे । हामी समाचारको खेती गर्नेहरुका लागि स्वाभाविक रुपमा नेपालमा भर्खर शुरु भएको नयाँ अभियानका सन्चालक त्यो पनि एनआरएन भन्ने वित्तिकै पैसाकै सिरानी हाल्छन र सिरक डस्ना पैसाकै हुन्छ भन्ने भ्रम पनि थियो । अपवादमा केहि त्यस्ता पनि छन । नेपालका सन्चार मालिकहरुले ४० देख ५० गतेसम्म कुराएर तनखा दिंदा खुसी हुनुपर्नेहरुका लागि त्यस्तो कथा लेख्दा रमाईलो नहुने कुरै भएन । दिनभरी उनै एनआरएनसंग पाँचतारे होटलमा लन्च आएर मन्त्रि र प्रधानमन्त्रिको समाचारको खेती गरेर साँझ घर फर्किएर चोकमा डोकोमा साग बेचिरहेकी दिदीसंग दुई मुठा साग किन्दा घटाउनुस न महंगो भयो भन्ने बाध्यता पत्रकारहरुका लागि अझै उस्तै छ । तर पनि पत्रकारिताको सुनौलो पक्ष भनेको साग बेच्ने दिदीदेखि बलुवाटार र सिंहदरबारबाट मुलुक बेच्नेहरु सबैसंग सम्बन्ध राख्नु पर्ने जागिर । हामीलाई लाग्थो की एनआरएनले अब नेपाललाई केहि बर्षमा अर्कै बनाउँछ रे भनेर निकै हौसिन्थ्यौ । एनआरएनको स्थापनाकालदेखि नै नेपाली पत्रकारितामा थुप्रै अक्षर खर्च गरियो । स्थापनाकालबाटै यस्का सबै पक्ष केलाएर अध्ययन गरियो पनि । यो अभियान एयरपोर्टबाट ट्रकमा राखेर पैसा ढुवानी गर्ने होईन की सन्सारभर छरिएर पुगेका सीप र क्षमताको ढुवानी गरेर राज्य व्यवस्थाले त्यसलाई उचित संयोजन गरेमा मातृभुमि समृद्ध हुने अभियान हो । पैसा हुनेले पैसा र सीप र क्षमता हुनेले ज्ञान दिने अभियान हो एनआरएन ।

युरोपियन क्षेत्रिय बैठक सकिएपछि बार्सिलोनामा भोलीपल्ट विहानै आआफ्नो गन्तव्य जानु पर्ने भएकोले डा उपेन्द्र महतोले हामीलाई एउटा होटलमा (जहाँ मानिसबाहेक सबै खाले किरा फट्याग्रदेखि सबै जसो जीवको मासु पाउने) पार्टी दिनु भयो । त्यतिखेर उहाँकै प्रस्तावमा रमाईलो गर्ने यहाँ खुलेर मनको कुरा भन्ने सहमतिमा रमाईला जोक्स पनि भनेर रातभर बिताएर विहान ४ बजेतिर आआफ्नो गन्तव्य लागियो । त्यहि बसाईमा मौका छोपेर हामीले सदुपयोग गर्दै करिब ८ बर्ष पहिले उपेन्द्र दाईलाई एउटा अनौपचारिक प्रश्न सोधे । तपाईको पैसा अर्थात सम्पति कति छ ? आजको दिनमा थाहा छ तपाईलाई भनेर । उहाँले ठ्याक्कै अंकमा भन्न नसकिने बताउँदै आफुले कहिल्यै हिसाव नगरेको बताए । मात्रै यति बताए की चेकमा सहि गर्दा कहिले काँही धेरै शुन्य देखे भने कति वटा रैछ भनेर ख्याल गर्ने मात्रै गर्ने गरेको बताए । अनि केहि बर्षको अन्तरामा म पनि अहिले एनआरएन भए । र मलाई एनआरएन भएर बर्षेनी जस्तो नेपाल पुग्दा कोही न कोहीले सोध्ने प्रश्न तिमी पनि उपेन्द्र महतो, शेष घले र जीवा लामीछाने जस्तै एनआरएन हो ? उहाँहरुसंग त्यहि अभियानमा शुरुवातदेखि हिडियो र अलिपछि एनआरएन भईयो तर त्यो प्रश्नको उत्तर ठ्याक्कै नेपाली जनजिव्रोले बुझ्ने गरी दिन सकिएको छैन र अझै पनि एनआरएनप्रति नेपालीजनमा भ्रम छ । त्यो भ्रमको निवारण गर्न एनआरएनले गरेका केहि नमुना कार्यक्रम, लगानी र भित्रिदै गरेको सीपबाट आउने रिजल्टसम्म पर्खिनुपर्ने हुन्छ । त्यो बेलादेखि आजसम्म निरन्तर उत्तिकै चमक धमकका साथ अझ भनौ थप परिचय बनाएर गैरआवासिय अभियानलाई उचाई दिन स्थापनाकालदेखि एकछत्र योगदान दिने एक जनाको नाम हो जीवा लामीछाने । आफुले हुर्काएको सन्तान युवा अवस्था हुदै वयस्क भएको हेर्न मन कसलाई हुँदैन र ? हो आज उनै व्यक्ति गैरआवासिय नेपाली अभियानमा संसारको धेरै देश घुमेर अनुभव बटुल्ने कोही नेपालीको सुचिमा भए एक जना जीवा लामीछाने हुन । सरसर्ती संसार र देश देशावरलाई हिसाव गर्ने हो भने पृथ्वीको एक तिहाई डल्लो घुमी सके होलान । लेखक लामीछानेका अनुसार विश्वका एक सय ३० भन्दा बढी मुलुकमा पाईला राखेका छन । म उहाँको पुस्तकको कुरै छाडौं कहिले काही लेख्नु हुने यात्रा स्मरण पनि नछुटाई पढ्छु । किनकी सायद सबैलाई मन पर्ने कुरा हो घुमघाम । कतिपय पुस्तकमा उल्लेख भएको अफ्रिका बाहेकका देशमा मैले पनि पाईला टेकेको छु तर पुस्तकमा समावेश भएजस्ता कुनै पनि देश वा उल्लेखित विषयमा गहिरिएर खोजिन भनौ वा त्यो तहमा जानकारी लिन श्रोत साधन जुटाउन सकिएन । हामी जस्ता घुमघाम मन पराउने वा घरमै बसेर भएपनि पुस्तक पढेर संसार सयर गर्नेका लागि यो पुस्तक ऐना जस्तै छ । पुस्तकमा उल्लेख भएका देशमा जाने हो भने त यो पूस्तक ट्राभल गाईड जस्तै छ । अफ्रिकाले द्धन्द्ध र नरसंहारपछि गरेको प्रगति वा संगै रहेका अरु देशको हालत कतिपय अवस्थामा नेपालको राजनीतिक घटनाक्रमसंग सुहाउने खालको छ ।
पहिलो यो पुस्तक संसार घुमाउने पुस्तक हो । अर्को एनआरएन अभियानले जन्माएको उत्कृष्ट दस्तावेजको संगालो हो जसबाट संक्षिप्तमा भए पनि ती देशहरुको संस्कार, संकृति, प्रगति र कुन अवस्थाबाट विश्व मानचित्रमा घट्ने घटनाक्रमले उत्पन्न परिस्थितिले जन्माउने विकास वा विनास निकै रोचक र सजिलै बुझ्न सकिने सरल प्रस्तुति छ । पुस्तकमा जुन देशमा पुगे पनि लेखकले खोजेको आफ्नोपन अर्थात नेपालीको उपस्थिति, प्रगति र उनिहरुले गरेका प्रगतिको मुक्तकण्ठले नछुटाई गर्ने प्रशंसा र संभावनाको खोजी हो । त्यसबाट के पनि थाहा हुन्छ भने नेपालीहरु संसारको जुनसुकै कुनामा छन तर कहिलेदेखि छन अझै खोजीको विषय हो । बाध्यता र परिस्थतिले संसारको जुन कुनामा पुगेका छन र हैसियत बनाएर आआफ्नो क्षेत्रमा स्थापित हुन थालेका छन । पहिलो पुस्ता पनि यसरी स्थापित हुँदै गएका छन भने अबको दोश्रो पूस्ताले संसारमा हैसियतवाला उपस्थिति देखाउने पक्का छ । तर जसरी यो पुस्तकका लेखकले जहाँ पुगे पनि नेपालीको प्रगतिलाई नछुटाई उल्लेख गरेर नेपालसंग जोडेका छन, त्यसरी भोली दोश्रो पुस्तालाई कसले जोडेर एनआरएन अभियानलाई निरन्तरता देला आजैदेखि खसखस लागेको प्रश्न हो । हाम्रो दोश्रो पुस्ता हरेक महादेशमा अबको केहि बर्षमा गर्व गर्न लायक स्थापित हुनेछन ।
देश विदेश घुम्न पैसा चाहिन्छ, पैसा हुने अरु पनि जो सजिलै विदेश घुम्छन र घुमेका होलान वा घुम्लान तर यसरी चासो दिएर सुचना संकलन गरी पुस्तकको आकार दिने काम ईच्छाशक्ति जो कोहीमा हुन्न, जुन कुरा लामीछानेमा पलायो र आज पुस्तकको आकार पायो यो प्रशंसा गर्न लायक छ ।
लेखककले अफ्रिकाको जातीय नरसंहार, त्यसपछि गतिला नेतृत्वको हातमा देश पुगे कसरी प्रगति हुन्छ र नेतृत्व अगतिला भए मुलुकले कस्तो दुर्गती व्यहोर्नु पर्नेहुन्छ भन्ने कुरा सप्रसंग व्याख्या गरिएकोले राजनीति गर्नेहरुका लागि पनि श्रोत सामग्री हुने देखिन्छ । अफ्रिकाको देशहरुको भ्रमण र गरिएका बयान त्यसको ताजा श्रोत हुन । नेपालको राजनीतिको सन्र्दभमा यो पुस्तकमा उल्लेख भएको अफ्रिकी मुलुकहरुमा एक सय दिनमा १० लाख मानिस मारिएपछि आज कस्तो अवस्थामा छ भन्ने कुरादेखि उदाउँदो चिन र संसारलाई राज गरेर चियाई रहेको अमेरिकाको कतिपय पुस्तकमा उल्लेखित सन्दर्भ रोचक छन ।
पर्यटकीय हिसावले पनि यो पुस्तक निकै फलदायी हुनेछ । आर्थिक विकासको तुलना गर्दै संसारमा भएका वैभवहरुको लोभ लाग्दो वर्णन यसमा पाईन्छ । लेखक आफैमा सफल व्यवसायी भएकोले उहाँले चियाउने र जहाँ नेपाली पुगेका छन त्यहाँ संभावनाहरुको खोजवीन गरी व्यवसायबाट लिन सकिने फाईदाका बारेमा पनि यो पुस्तक एक संकलनयोग्य श्रोत सामाग्री हो । कतिपय यात्राबाट फर्केर लेखकले देखेका नयाँपनहरु उहाँले नेतृत्व गरेको व्यवसायिक संस्थानहरुमा प्रयोगमा आएको पनि देखिएको छ । व्यवसाय गर्नेहरुका लागि त्यो पनि गतिलो श्रोत सामाग्री बन्छ ।
यात्रा गर्ने शोख भएकाहरुको साथमा पुस्तक छुट्दैन होला तर यसरी यात्रालाई मसिनो गरी केलाएर टेकेको भुमिको ईतिहास निल्ने र त्यसलाई सरल तरिकाले पस्किने बानीले लामीछानेलाई लेखक बनायो । हुन त उनि सफल व्यवसायीको आफ्नै परिचय छ तर अब दोश्रो पुस्तकपछि नेपाली लेखकीय क्षेत्रमा जीवा लामीछाने छुटाउन नहुने लाममा लिपिवद्ध भएका छन । पछिल्लो महिना त उनको पुस्तक धेरै बिक्रि हुने पुस्तकको सुचिमा सुचिकृत हुन पुग्यो । साहित्यमा रुचि राखेर नेपालमा सबै भन्दा ठुलो साहित्यीक पुस्कार स्थापना गरेर उनले नेपाली साहित्यमा संभावनाको खोजी गर्ने आकर्षण थपिदिएका छन । उनको लेखन शैली यति सजिलै भिज्यूलाईज गर्ने क्षमता छ की एक पटक पुगेको स्थान झलझल्ती अगाडी आउँछ भने नपुगेको स्थान जाउँजाउँ लाग्ने गरी प्रस्तुत भएको छ । जसरी व्यवसायमा लेखक सफल छन त्यसैगरी उत्तिकै सरल मिलनसार र सबै तहमा सजिलै पहुँचमा पुग्न सक्दछन । देशकाल परिस्थतिले संसारका देशमा पुगेर रगत पसिना बगाएर बेचेको पसिनाको आर्जन गरेको उपलब्धिलाई मातृभुमिसंग जोड्ने अभियानका लिडर लामीछाने एनआरएनका आईडल हुन भन्दा फरक पर्दैन ।
रसियामा जन्माएर लण्डनमा न्वारन गरेर प्रवासमा रहेका नेपालीलाई मातृभुमिसंग जोड्ने अभियानका अभियान्ताहरुमध्येका एक हुन लामीछाने । उनको पुस्तकमा कमी कमजोरी खोज्ने होभने थुप्रै भेएिलान तर साहित्यको एक जना विधार्थीका लागि कमजोरी खोतलेर निरास बनाउन भन्दा केहि सुझाव दिएर अर्को पूस्तक चाँडै पढ्न पाउने गरी उत्साह दिने निष्काषर््मा पुगे । लेखकले मातृभुमिसंग सन्र्दभ मिल्ने केहि राजनीतिक, आर्थिक विषयलाई जोडेर नेतृत्व कर्तालाई केहि सबक सिकाउन खोजेको देखिन्छ ।
यस पृथ्वीमा चार प्रकारका देशहरु देखिन्छन । पहिलो असाध्यै गरिब जहाँ नागरिक जीउनका लागि संघर्ष गरिहेका छन । अर्काथरी देशहरु जहाँ नागरिकलाई अधिकार चाहिएको छ र नेतृत्वसंग पौठेजोरी गरिहेका छन । त्यसपछिको अर्को देशहरुको सुचिमा कतै देखावटी त कतै वास्तविकतामा नै आफ्नो देश समृद्ध बनाएर क्षेत्रिय राजनीतिमा लम्किएका छन र अन्तिम यस्ता देशहरु छन उनिहरु पृथ्वी डल्लो छ अब आफ्नै हातले घुमाउने हो भन्दै आफ्नो परिधि छोडेर अर्काको सीमामा शासन गर्न तछाड मछाड गर्दैछन । लेखक यी चारै प्रकृतिको देशमा पुगेर आफ्नो देश र समुदायलाई जोड्ने अभियानमा छन । यी चारै प्रकारको भुगोल, प्रकृति र स्वादलाई संगोजन गर्न भाषा, श्रोत र समय व्यवस्थान गर्ने कुरा चानेचुने कुरा हुँदै होईन । यी सबै स्वाद एकै पुस्तकबाट पुर्ण रुपमा आशा गर्नु पनि लेखकमाथी अन्याय हुन्छ ।

यस पृथ्वीमा चार प्रकारका देशहरु देखिन्छन । पहिलो असाध्यै गरिब जहाँ नागरिक जीउनका लागि संघर्ष गरिहेका छन । अर्काथरी देशहरु जहाँ नागरिकलाई अधिकार चाहिएको छ र नेतृत्वसंग पौठेजोरी गरिहेका छन । त्यसपछिको अर्को देशहरुको सुचिमा कतै देखावटी त कतै वास्तविकतामा नै आफ्नो देश समृद्ध बनाएर क्षेत्रिय राजनीतिमा लम्किएका छन र अन्तिम यस्ता देशहरु छन उनिहरु पृथ्वी डल्लो छ अब आफ्नै हातले घुमाउने हो भन्दै आफ्नो परिधि छोडेर अर्काको सीमामा शासन गर्न तछाड मछाड गर्दैछन । लेखक यी चारै प्रकृतिको देशमा पुगेर आफ्नो देश र समुदायलाई जोड्ने अभियानमा छन । यी चारै प्रकारको भुगोल, प्रकृति र स्वादलाई संगोजन गर्न भाषा, श्रोत र समय व्यवस्थान गर्ने कुरा चानेचुने कुरा हुँदै होईन । यी सबै स्वाद एकै पुस्तकबाट पुर्ण रुपमा आशा गर्नु पनि लेखकमाथी अन्याय हुन्छ ।

लेखकमा ईतिहास, राजनीति र आर्थिक पक्षलाई मिलाएर कुनै पनि देशमा स्थीर राजनीति रहे मात्र आर्थिक विकास संभव छ भन्ने कुरा, कुनै पनि देश आफै बनाउन हो अरुले केवल भत्काउन आउँछन र त्यसका लागि नेतृत्वको ईच्छा शक्तिविना संभव छैन भन्ने निष्कर्ष पढ्न पाईन्छ । सीमा जोडिएको एकातिरको देश र अर्कातिरको देश कसरी फरक हुन्छ ? भन्ने कुरा परिवर्तन नेतृत्वबाट मात्रै संभव हुने कुरा उदाहरणसहित भेटाईन्छ । पुस्तकको समिक्षा गर्दा लेखकले भन्नु भएको थियो राम्रा कुरा मात्रै होईन, कमीकमजोरी नि देखाई दिनुस । लेखक वाहावाही होईन अझ राम्रो चाहान्छन त्यसैले यति भन्नु ठीकै हो तर म त्यस्तो समिक्षक पनि होईन, त्यसैले मैले भएका सुन्दर पक्षलाई अलि विस्तृत लेखि दिएर हौसला थप्ने काम गर्न मन लाग्यो ।

 

पुस्तकमा कमी कमजोरी छन, कतिपय विषयमा लेखकले कुरा उठान गराएर विषय र सन्र्दभमा पुर्ण सुचना नदिई विच्किए जस्तो देखिन्छ । त्यसलाई अलि बढी सुचना वा जानकारी दिएको भए हुन्थ्यो भन्दा भन्दै टुगिएका छन । पाठकलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो तर लेखकको बाध्यता समय व्यवस्थापन, सुचना संकलन र सम्बन्धित देशको अवस्था जानकारी लिन त्यति सजिलो विषय पनि होईन । निश्चित उदेश्यका लागि पुगेका स्थानहरुको बारेमा लेखिएका कुरालाई व्यवस्थित गरेर कितावको आकार दिनु नै ठुलो कुरा हो भन्ने लाग्यो । यो किताव पढ्दै गर्दा खड्किएको एउटा कुरा के हो भने गैरआवासिय नेपाली अभियानलाई जन्माएर हुर्काएर आज तन्नेरी बनाउँदासम्म संरक्षकको भुमिकामा रहेका लेखकले जुन जुन देशका बारेमा लेखेका छन ती देशहरु विकास हुनुमा देश छाडेर प्रवासिएकाहरुले कस्तो भुमिका खेलेका रहेछन भनेर लेख्न छुटाएकै हुन । त्यति लेखीदिएको भए हुन्थ्यो भन्ने लाग्यो । तेश्रो पुस्तक पढ्दा एउटा छुट्टै शिर्षकमा भए पनि प्रवासिएकाहरुले आफ्नो मातृभुमिको उन्नतिका लागि के के काम कसरी शुरु गरेर मातृभुमि समृद्ध बनाउने अभियानमा सहभागी भएका रहेछन जान्न पाए धन्य हुने थिए । त्यो शिर्षक समेटिदा हामी जस्तै प्रवासिएकाहरुले मातृभुमिका लागि गर्ने नयाँ काम हाम्रा लागि उपयोगी लाग्थ्यो होला भने सरकारी पक्षले पनि प्रवासिएकाहरुलाई कसरी मुलधारमा समाहित गरेर आर्थिक समृद्धिमा जोड्न सकिन्छ भन्ने चेत खुल्थ्यो की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *