प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त

काठमाडौँ: नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् ।

सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु हुने गरी कामु भइ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २५ गते अनिवार्य अवकाश पाउँदैछन् । थापाको औपचारिक विदाइ २५ भदौमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.