प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार मसान्तमा अमेरिकाको औपाचारिक भ्रमण गर्ने भएका छन् । उनको यो भ्रमण दुई दशकपछि नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुने छ ।
स्रोतका अनुसार प्रस्तावित भ्रमणको मिति जुलाई १४ देखि १६ सम्म रहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, विदेश सचिव एन्थोनी ब्लिन्केन र वरिष्ठ अमेरिकी अधिकारीहरूको कार्य तालिका हेरेर दुवै देशबीचको परार्मशमा अन्तिम मितितय गर्ने बताएको छ ।
‘प्रधानमन्त्री यसै वर्ष अमेरिका भ्रमणमा जाँदैछन् । दुवै पक्षले भ्रमणको मितितय गर्न काम गरिरहेका छन्,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने । ‘उनी लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन । यस्तै प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको महासभाको आगामी बैठकमा सहभागी हुनुहुनेछ ।”
परियारका अनुसार परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले भ्रमणको मितिमा काम गरिरहेका छन् भ्रमण त्यो भन्दा चाँडो पनि हुनसक्छ ।
“अमेरिकामा उहाँको भेटघाट र अन्य कार्यक्रम तय भएपछि भ्रमणको घोषणा गरिने छ,” परियारले भने ।