प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक : परराष्ट्रमन्त्री खड्का

messenger sharing button
linkedin sharing button
sharethis sharing button

काठमाडौं –

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।


भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए ।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।

आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएकपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलन खड्काले भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणबारे आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच सीमा विवादबारे छलफल भएको जानकारी मन्त्री खड्काले दिएका हुन् । उनले भने, ‘दुई प्रधानमन्त्रीबीच सीमा सम्बन्धी विषयहरूमा कुराकानी भएको छ । दुई देशबीच स्थापित संयन्त्रहरूमार्फत सीमा सम्बन्धी विषयहरू संवाद र कूटनीति मार्फत समाधान गर्ने कुराकानी भएको छ ।’

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्किएको छ । सीमा विवादबारे प्रधानमन्त्री देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा विषय उठान गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई सीमाका विषय स्थापित संयन्त्रमार्फत विवाद समाधान गर्नका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।


‘मैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भयो’ खड्काले भने, ‘कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्‍याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *