प्रक्रिया मिचेर सम्बन्धन दिन प्रधानमन्त्रि नै सक्रिय, प्रक्रिया मिच्न नपाउँदा धम्की

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री केपी ओलीले प्रक्रिया मिचेर बी एन्ड सीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले सुरक्षाका लागि अपिल गरेका छन् ।

आन्दोलन र अलायन्सले आइतबार प्रेस विज्ञप्ति जारी गरेर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको बताएका छन् ।

विज्ञप्ति जस्ताको तस्तैः
यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बैठकमा बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनबारे चलेको छलफल निष्कर्षविहीन भएको तथा विज्ञ सदस्यहरूले आवश्यक प्रक्रिया पु¥याएर मात्रै सम्बन्धन दिनुपर्ने कुरा राखेको तथ्य सार्वजनिक भइसकेको छ । त्यसै सन्दर्भमा आज विकसित घटनाक्रमले अत्यन्त गम्भीर मोड लिएको छ ।

आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रक्रिया मिचेर बी एन्ड सीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ ।

राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरूले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भत्र्सनायोग्य छ । मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयंमा भत्र्सनायोग्य छँदै छ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुन्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवनरक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौँ ।

त्यसैगरी डा. गिरीको सुरक्षाका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन हामी सबै राजनीतिक दल, पेसाकर्मी तथा नागरिकहरूमा अपिल गर्दछौँ ।

बृहत् नागरिक आन्दोलन
सोलिडारिटी फर डा. केसी अलायन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *