पूर्वप्रधानन्यायाधीश साहकी छोरी न्यायाधीशबाट बर्खास्त

काठमाडौँ — न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए

साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो । उनको अयोग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको न्यायपरिषद्‌को बैठकले साहलाई गरेको नियुक्तिको निर्णय कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उल्ट्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *