पाँच महानगर र ३ उपमहानगरमा नतिजा आउन बाँकी कहाँ कसको अग्रता

स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम आउनेक्रम जारी छ।

७५३ रहेको पालिकामा हालसम्म ७०९ पालिकाको अन्तिम नतिजा आइसकेको छ। ६ महानगरमध्ये विराटनगरमहानगरपालिकाको नतिजा आइसकेको छ। बाँकी ५ महानगर बाँकी छ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र पोखरा महानगरपालिकामा अब अन्तिम मतपरिणाम आउन बाँकी छ।

ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाइरहेका छन्।

११ उपमहानगरमध्ये ८ वटाको अन्तिम नतिजा आइसकेको छ। अब सुनसरीको धरान, धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ।

धरान र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेले अग्रता बढाएका छन्।

हेर्नुहोस् कहाँ कसको अग्रता?

काठमाडौं महानगरपालिका
मेयर

  • बालेन शाह (स्वतन्त्र)- ३९५१५
  • सिर्जना सिंह (नेपाली कांग्रेस) -२२२७०
  • केशव स्थापित (नेकपा एमाले) – २१७७५

उपमेयर

  • सुनिता डंगोल (नेकपा एमाले)- ३८३५१
  • रामेश्‍वर श्रेष्ठ (नेकपा एकीकृत समाजवादी)- १३४३१
  • बिनिता मगैया (राप्रपा)- ३६२३

ललितपुर महानगरपालिका
मेयर

  • चिरीबाबु महर्जन (नेपाली कांग्रेस)- ३०८६०
  • हरिकृष्ण ब्यञ्जनकार (नेकपा एमाले) -१८२०१
  • अष्टबहादुर महर्जन (राप्रपा) – ३३६३

उपमेयर

  • मन्जली शाक्य बज्राचार्य (नेकपा एमाले)- १७७१६
  • बाबुराज बज्राचार्य (नेकपा माओवादी केन्द्र)- १२६६६
  • स्वर्णिमा शाक्य (राप्रपा)- ४९७९

भरतपुर महानगरपालिका
मेयर

  • रेनु दाहाल (नेकपा माओवादी केन्द्र)- ३७०२७
  • विजय सुवेदी (नेकपा एमाले): २८९६८
  • जगन्नाथ पौडेल (स्वतन्त्र) १२२३३

उपमेयर

  • चित्रसेन अधिकारी (नेपाली कांग्रेस) ३९१२९
  • हिमला गुरूङ (राप्रपा) २२९११

वीरगन्ज महानगरपालिका
मेयर

  • राजेशमान सिंह (जनता समाजवादी पार्टी)- ३३३१५
  • विजयकुमार सरावगी (नेकपा एमाले): १७४२०
  • गिरीश गिरी (राप्रपा) २४७४

उपमेयर

  • इम्तियाज आलम (नेपाली कांग्रेस) २२८१३
  • पुरुषोतमलाल झा (लोसपा) ५५५९
  • बिना जैसबाल (राप्रपा)

पोखरा महानगरपालिका
मेयर

  • धनराज आचार्य (नेकपा एकीकृत समाजवादी पार्टी)- ४१७०५
  • कृष्णबहादुर थापा (नेकपा एमाले): ३८३१०
  • शंकर खराल (राप्रपा) ४६९०

उपमेयर

  • मञ्जुदेवी गुरुङ (नेकपा एमाले) २२८१३
  • कोपिला रानाभाट (नेपाली कांग्रेस) ४१९२०
  • रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- ४६२९

धरान उपमहानगरपालिका
मेयर

  • हर्कराज राई (साम्पाङ) स्वतन्त्र – १८४७६
  • किशोर राई (नेपाली कांग्रेस) – १४९९६
  • मञ्जुदेवी भण्डारी (नेकपा एमाले)- १२१४३

उपमेयर

  • अइन्द्रबिक्रम बेघा (माओवादी केन्द्र)- १८८६४
  • पदम प्रसाद लिम्बु (नेकपा एमाले)- १६५८१

जनकपुर उपमहानगरपालिका
मेयर

  • मनोजकुमार साह सुडी (स्वतन्त्र)- १०१२५
  • शिवशंकर साह (नेकपा एमाले)- ८६६२
  • लालकिशोर साह (जसपा)- ४०४३

उपमेयर

  • किशोरी साह (नेपाली कांग्रेस) -११६१६
  • रुणादेवी झा (नेकपा एमाले)-९४७८
  • रिताकुमारी मिश्र (लोसपा) -४१२०

तुलसीपुर उपमहानगरपालिका
मेयर

  • टिकाराम खड्का (नेकपा एमाले)- १६४९२
  • गेहेन्द्र गिरी (नेपाली कांग्रेस)-१५४२५
  • जगधनी चौधरी (राप्रपा) – ६४१

उपमेयर

  • स्यानी चौधरी (नेकपा एमाले) -१५७५५
  • जोगबहादुर राना मगर (जनता समाजवादी पार्टी)-११४४५
  • प्रेमबहादुर शाह (राप्रपा)- २८७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *