अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्च स्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवादको विन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताउनुभएको छ ।
सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन् ।
मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताउनुभएको छ ।
तर यो शिखर सम्मेलन बेइजिङ र वासिङ्टनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताउनुभएको छ ।
इन्डोनेसियाको बाली टापुमा रहेको जी–ट्वन्टी सम्मेलनमा जानुअघि एशियाली नेताहरूसँग भेट गरेका उहाँले नोमपेनमा पत्रकारसँग भन्नुभयो, “म सी जिनपिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ ।”
बाइडेनले भन्नुभयो, “हामीसँग निकै थोरै मात्र मतभिन्नताहरू छन् । हामीले रातो रेखा के हो भनेर खोज्ने अवसर पाएका छौँ ।”