परराष्ट्रसचिव पौड्याल क्यानडाका लागि राजदूत सिफारिस

परराष्ट्रसचिव भरतराज पौड्याललाई सरकारले क्यानडाकाा लागि नेपालको नयाँ राजदूतमा सिफारिस गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी उनलाई राजदूत सिफारिस गरेको हो ।  पौड्याल २० मंसिमा सेवानिवृत्त हुँदै छन् ।

 

यसअघि ७ जना राजदूत सिफारिस गर्दा क्यानडा खाली राखिएको थियो । परराष्ट्रका सहसचिव भृगु ढुंगाना राजदूतको कार्यकाल सकिएर फर्केपछि क्यानडाको नेपाली मिसन नेतृत्वविहीन छ ।

दसैँपछि पौड्यालको संसदीय सुनुवाइ हुनेछ । यसैगरी मंसिर २० पछि परराष्ट्रसचिवमा सहसचिव सेवा लम्साललाई नियुक्त गर्ने सरकारको तयारी छ । लम्साल परराष्ट्रकी वरिष्ठ सहसचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *