परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता, एमसीसी कार्यान्वयनबारे छलफल

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। छलफलमा डोनाल्ड लुले एमसीसी कार्यान्वयनका विषयमा चर्चा गरेका थिए।

शुक्रबार अपरान्ह सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लुले एमसीसी कार्यान्वयनसँगै सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने बताएका थिए।

उनीहरूबीच अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *