न्यूजर्सीका नेपालीहरूद्वारा कोरोना महामारीबाट पीड़ितका लागि राहत समूह

अमेरिकाको न्यू जर्सी राज्यका नेपालीहरूको एक आपत्कालिन कन्फेरेनेस कल बैठकले कोरोना महामारी रोगबाट पीड़ितहरूको राहतको लागि समूह गठन गरेको छ भने महारोग सम्बन्धि रणनीतिको तयारी र सार्वजनिक अपील जारी गरिएकोछ। बैठकले कोरोनाभाईरस र भविष्यमा हुन सक्ने महामारी प्रकोपको राहतको लागि न्यू जर्सी नेपाली महारोग राहत समूह गठन गरेकाछन्। समाजसेवी डा विष्ण्ुामाया परियारको तदारुकतामा गठन भएको यो समुहले अमेरिकाभर रहेका नेपाली विधार्थी जो यतिखेर कोरोना प्रभावित भएका छन उनिहरुलाई आवश्यक मदत गरिने बताउनु भयो ।

समूहले समुदायका सदस्यहरूलाई धैर्यधारण, सावधानी र सुरक्षित रहन अपील गर्दै सोसल डिस्टेन्स कायम गर्न र कोरोनाबाट संक्रमित व्यक्तिसंग सामिप्यमा आएमा १४ दिन सेल्फ कोरिन्टिनमा बस्न आग्रह गरेकोछ। समूहले कोरोना महामारी पीडित सहयोग, कोरोनाभाइरस राहत प्याकेज , नेपाली स्वास्थ्यकर्मी श्रोत डाइरेक्टरी, जनचेतना अभियान र यसबारे विभिन्न वेविनार र सेमिनार संचालन गर्ने जनाएकोछ ।

 

न्यू जर्सी नेपाली महामारी राहत समूहद्वारा जारी अपीलको पूर्ण पाठ यो समाचारको लिंकमा पढ्नुहोस्।

महामारी रोग सम्बन्धि रणनीति र सार्वजनिक अपील

NJ Nepali Pandemic Relief Group’s Pandemic Strategy and Public Appeal

न्यू जर्सी नेपाली महामारी राहत समूहको महारोग सम्बन्धि रणनीति र सार्वजनिक अपील

On March 27, 2020, Nepali community representatives from New Jersey State conducted conference call meeting to stay informed and prepared for current Coronavirus and future pandemic preparedness. After comprehensive discussion, Nepali representatives had decided to establish a pandemic preparedness group: “NJ Nepali Pandemic Relief Group” (न्यू जर्सी नेपाली महामारी राहत समूह)

The meeting also decided to appeal all community members to say calm, stay alert and safe. Maintain social distance and follow 14-days quarantine if exposed to Coronavirus.

 

from nepalism online

Leave a Reply

Your email address will not be published. Required fields are marked *