न्युयोर्क आइपुग्यो ल्याब, फार्मेसी र अपरेशन कक्षसहित १ हजार शैयाको पानीजहाज अस्पताल

सोमबार न्युयोर्कमा १ हजार शैयाको नेभी अस्पताल पानीजहाज ल्याइएको छ । उक्त अस्पताल न्युयोर्क सिटीको समुन्द्रको किनारामा पार्क गरिएको छ ।

यो अस्पतालभित्र १२ सयजना मेडिकल टिमका सदस्य समेत रहेका छन् । यसभित्र १२ वटा अपरेशन कक्षहरु रहेका छन् भने भित्रै फार्मेसी समेत रहेको छ । त्यस्तै जहाजभित्रै ल्याब समेत रहेको छ ।

यो पानीजहाज पियर ९० मा पार्क गरिएको छ । उक्त जहाजभित्र ८० वटा आईसीयु समेत रहेका छन् । यो जहाजमा केवल कोरोनाभाइरसको संक्रमण भएकाहरुकोमात्र उपचार गरिने भएको छ ।

यो न्युयोर्क सिटीमा एउटा अर्को अस्पताल थपिएसरह भएको न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । उनले हरेकको जीवन बचाउन हरतरहले प्रयास गरिने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.