न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन

कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ । डायरेक्टरको कार्यालयका अधिकारीले थापाको मृत्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई आजविहान दिएका हुन् । उनको मृत्यु हिजो नै भएको श्रोतले जानकारी दिएको छ ।

उनलाई गत मार्च १४ बाट अस्पतालमा भर्ना गरिएको थियो । उनी हिडेर अस्पताल पुगेका थिए । मार्च १७ सम्म उनले परिवारका सदस्यहरु र आफन्तहरुसँग फोनमा कुरा गर्दै आएका थिए ।

उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण मार्चको सुरुदेखि नै उबर चलाउन छाडेका थिए ।

न्यूयोर्कका मृत्यु हुने थापासहित पाचौ नेपाली हुन । यस अघि चार जानको कोरोनाबाट मृत्यू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *