नेभाडामा जीतसँगै अब सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण

नेभाडामा डेमोक्रेटिक उम्मेदवारको जीतसँगै अब सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण क़ायम भएको छ । अब जर्जिया जसले जितेपनि सिनेटको नियन्त्रणमा फरक नपर्ने भएको छ ।

१ सय सदस्य रहने सिनेटमा ५० सिट डेमोक्रयाट्सले जितिसकेकाले उपराष्ट्रपतिको टाइब्रेकर मतको आधारमा समेत सिनेटमा डेमोक्रयाट्सको नियन्त्रण कायम हुनेछ । जर्जिया जितेमा टाइब्रेक मत आवश्यक पर्ने छैन ।

अब जर्जियामा डिसेम्बर ६ मा दोश्रो चरणको चुनाव हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *