नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घन्टामा सात हजार तीन ६८ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । काठमाडौं उपत्यकामा मात्रै दुई हजार ६ सय नौजना संक्रमित थपिएका छन् ।
देशभर हाल सक्रिय संक्रमितको संख्या एक लाख १० हजार दुई सय ६३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा एक लाख दुई हजार चार सय ५५ जना छन् । देशभर सात सय एकजना क्वारेन्टिनमा रहेका छन् । ७४.६ प्रतिशत संक्रमणमुक्त भएको गौतमले बताए ।
पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् ।
हातले आँखा, मुख, नाक छुने बानी हटाउन गौतमले आह्वान गरे ।