नेपाली मुलका आर्थर गन अमेरिकन आईडलको फ्रष्ट रनरअप

होमप्रसाद लम्साल,
अमेरिका, नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फष्ट रनरअफभएका छन । टप दुइमा पुगेर मतका आधारमा उनि बाहिरिएका छन् । अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए ।

आजको शो सुरु भएको केहीबेरमा नै भोटिङ गर्ने प्रक्रियामा उनको भोट कम भएको कारण दोश्रो भएका हुन । अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए । नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् । उनी काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि अमेरिका आएका थिए ।

 

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *