नेपाली मुलका अमेरिकी सांसदले भागवत गीतालाई छोएर सपथ ग्रहण गर्ने

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथ लिने भएका छन् । भण्डारीले बुधबार हुने सपथग्रहणमा उनले भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मध्यान्न १२ बजे मेरील्याण्डको राज्य सांसद पदको सपथ लिनेछन् ।

भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए । आफूले सबै धर्मको सम्मान गर्ने र आफ्नो धर्मलाई माया गर्ने बताउँदै भण्डारीले हिन्दुहरुको धार्मिक ग्रन्थ बेदलाई साक्षी राखेर सपथ लिएका थिए ।

बुधबार भागवत गीतालाई छोएर सपथ लिने तयारीबारे भण्डारीले भने – ‘४ वर्ष पहिले वेद लिएर सपथ लिएको सम्झिरहेको छु । हामीलाई नेपाल र नेपाली भन्ने परिचय दिने हाम्रा पुस्ताहरुलाई सम्झिरहेछु । बितेको ४ वर्षमा हाम्रो समुदायलाई गर्न सकेका उपलब्धि सम्झिरहेको छु । भोलि दिउँसो भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मैले हाम्रा सन्ततिको नाममा मध्यान्न १२ बजे मेरील्याण्डको संम्सद पदको पुन सपथ लिनेछु । पवित्र ग्रन्थले सेवाको मूल्यहरूको प्रतीकको रुपमा मेरो हृदयमा विशेष स्थान छ र हाम्रो समुदायलाई निरन्तर अभिप्रेरित गरिरहने छ भन्ने मेरो विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *