नेपाली भान्साघरले लगतार चौथो वर्ष जित्यो मःमः क्राउल

ज्याक्सन हाइटमा हरेक वर्ष हुँदै आएको मःमः क्राउल प्रतियोगिताको उपाधि यस वर्ष पनि नेपाली भान्साघर रेस्टुरेन्टले पाएको छ। भान्साघरले यो उपाधि लगातार चौथोपटक पाएको हो।

प्रत्येक वर्ष हुँदै हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण अघिल्लो वर्ष हुन सकेको थिएन।

प्रतियोगितामा न्युर्योकका दर्जन भन्दा बढी रेष्टुरेन्टले भाग लिएका थिए।

न्युर्योक ज्याक्सन हाईटमा भएको प्रत्यक्ष निर्वाचनमा एक हजार भन्दा वढी मःमः पारखीले मतदान गरेका थिए।

जसमध्ये सबैभन्दा बढीले नेपाली भान्साघरको मःमः स्वादिष्ट रहेको पक्षमा मतदान गरेका थिए। न्युर्योक एसम्ली नामक संस्थाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गर्छ।

‘ग्राहकहरुको रूची अनुरुप हामीले दिँदै आएको स्वाद मन पराई यस पटक पनि विजेता बनाउनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ भान्साघर रेस्टुरेन्टकी बिमला हमाल श्रेष्ठले भनिन्, ‘सबैको प्रिय मःमः नेपाली र तिब्बतीसँगै अमेरिकामा रहेका विभिन्न मुलुकका नागरिकले पनि मन पराउन थालेकोमा खुसी लागेको छ।’

हरेक दिन बिमलाले पाँच सयभन्दा बढी  प्लेट मःमः बेच्दै आएको उनले बताइन्।

Leave a Reply

Your email address will not be published.