नेपाली नागरिकता त्याग्नेहरु किन बढ्दैछ नेपालमा ?

लमजुङ स्थायी घर भई जागिरको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएका मध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् । जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरिकता त्याग्नेको संख्या रहेको पाइएको छ । उक्त समयमा पाँच÷पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए । अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरूले नेपाली नागरिकता त्याग गर्ने पाइएको जिप्रकाका सूचना अधिकारी मिश्रको भनाई छ । लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए ।

त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९र०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचन अधिकारी जगदीश मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो बाहेक ७ हजार ५ सय ५८ जनाले वंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । त्यसै गरी गत आर्थिक वर्ष ०७९र०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *