नेपाली चेलीको ह्वाईट हाउस यात्रा: संखुवासभाको चैनपुरदेखि अमेरिकी राष्ट्रपतिका सल्लहाकारसम्म सन्जिता प्रधान

होमप्रसाद लम्साल

 

ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो । अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन, किनकी त्यहिबाट जनताको घरदैलौ हेरिन्छ रे । त्यो भवनको नेतृत्व गर्नेले संसारकोे चियो चर्चाे गर्ने गरेको छ । पृथ्वीको हरेक कुनाकाप्चाको सम्पुर्ण रेकर्ड सायद त्यो आकर्षक भवनभित्र सुरक्षित होला । कारण ह्वाईट हाउसले तय गर्ने नीतिले संसारलाई झड्का दिन्छ । अमेरिका पुग्नेलाई त्यो भवनमा पुग्ने वा अवलोकन गर्ने रहर त संसारकै मानिसहरुका लागि चाहाना हुनु स्वाभाविक पनि हो भने त्यहाँभित्र काम गर्ने अवसर संसारकै नागरिकहरुका लागि निकै दुर्लभ अवसर हो । त्यहि दुर्लभ अवसर पाउने एक जना नेपाली हुन सन्जिता प्रधान ।

 

अमेरिका, बाहिरबाट हेर्दा ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो । अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन, किनकी त्यहिबाट जनताको घरदैलौ हेरिन्छ रे । त्यो भवनको नेतृत्व गर्नेले संसारकोे चियो चर्चाे गर्ने गरेको छ । पृथ्वीको हरेक कुनाकाप्चाको सम्पुर्ण रेकर्ड सायद त्यो आकर्षक भवनभित्र सुरक्षित होला । सन् १७९२ मा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले राष्ट्रपति भवन बनाउन रुचाएको स्थानमा आईरिस आर्किटेक जेम्स होवनले डिजाइनमा निर्माण गरिएको ह्वाईट हाउसको चार्म विश्वका लागि थप बढ्दो छ । चर्चाका हिसाबले त डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी हुँदै गर्दा संसारको आँखा त्यहि ह्वाईट हाउसमा केन्द्रित रह्यो । कारण ह्वाईट हाउसले तय गर्ने नीतिले संसारलाई झड्का दिन्छ ।
झण्डै २ सय २० बर्ष पहिले बनेको यो भवन आज पनि संसारिक महत्वका हिसाबले उत्तिकै चर्चित छ । त्यो भवनमा पुग्ने वा अवलोकन गर्ने रहर त संसारकै मानिसहरुका लागि चाहाना हुनु स्वाभाविक पनि हो भने त्यहाँभित्र काम गर्ने अवसर संसारकै नागरिकहरुका लागि निकै दुर्लभ अवसर हो । त्यहि दुर्लभ अवसर पाउने एक जना नेपाली हुन सन्जिता प्रधान । नेपालको दुर्गम पहाडी जिल्ला संखुवासभाको चैनपुरमा जन्मिएकी एक नेपाली चेली त्यहि ऐतिहासिक संसारको आकर्षक भवनमा अमेरिकी राष्ट्रपतिको सल्लाहकार समुहमा काम गर्ने गर्ने अवसरमा पुगिन । एक हिसावले त्यो उनै सन्जिता प्रधानको लागि पनि दुर्लभ अवसर हो नत उनले सायदै कल्पना गरेकी थिईन ।
जव सन् २००६ को नोभेम्बर अन्त्यतिर डिभी लोटरीबाट अमेरिका आउने फाईनल भयो, त्यसपछि उनको जिवनमा आश्चर्यजनक ढंगले परिवर्तनका अवयवहरु कोरिन थाल्यो । अमेरिका आएदेखि नै समाज सेवामा निरन्तर खटिएकी उनि त्यहि समाज सेवाको माध्यमबाट नजानिदो ढंगले अमेरिकी सरकारको आँखामा पर्न थालिन र १० बर्षको अनवरत परिश्रमले अन्तत ह्वाईट हाउसको यात्रा तय हुन पुग्यो । ईच्छा शक्ति क्षमता हुँदा जुनसुकै तहमा अमेरिका आएपनि सफलता हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण स्थापित नै गरिन उनले । हुन पनि उनकै शब्दमा भन्ने हो भने सन्जिताले आफ्नो अनगिन्ती पारिवारिक र घरायसी समस्याहरुलाई पन्छाउँदै विश्वका विभिन्न देशबाट अमेरिका आउने शरणार्थीहरुलाई सहयोग गर्न अहोरात्र जुटिन । कहिले ग्रोसरी किन्न, कहिले अस्पताल लजान त बच्चाबच्चीका लागि स्कुल छान्न होस वा शरणार्थीका लागि आर्थिक, सामाजिक र पारिबारिक सहयोगका लागि दिन रात नभनी निस्वार्थ खटिईन । त्यस अवधिमा उनले नेपालसहित ईराक, बर्मा, सुडान, लाईबेरिया, ट्यूनिसिया, पाकिस्तानलगायत देशबाट अमेरिका आएका शरणर्थीहरुको लागि काम गरिन । निरन्तर रुपमा सेवा गरिरहिन र आइओवा राज्यको स्थानीय सरकारको आँखामा पर्दै गईन । स्थानीय रुपमा आइओवा राज्यमा लुथरन सर्भिसमा २ बर्ष काम गरेकी उनि सोही राज्यको क्याथोलिक च्यारिटीमा निरन्तर काम गरिन । त्यसैगरी उनले झण्डै बर्मिजसम्बन्धि एड्भोकेसी र रिसोर्स सेन्टरमा काम गरेर विगत पाँचबर्षदेखि आईओवा राज्यमा गर्भनरद्धारा स्थापित डिपार्टमेन्ट अफ ह्यूमन राईट एसिया प्यासेफिक आईल्याण्डर अफेयर्समा कार्यरत रहेकी छिन । उनले त्यहाँ गरेको कामसंग मिल्दो जुल्दो गरी राष्ट्रपतिको सल्लाहकार समुह प्रसिडेन्डल एड्भाईजरी कमिसन अन एसियन एण्ड प्यासिफिक आईसल्याण्डर(एपिआई) मा एक सिट खाली रहेको जानकारी पाईन र विभिन्न चारवटा फर्म भरेर काम गर्ने चाहाना व्यक्त गरेकी उनले कामको अनुभवको आधारमा लामो छनौट प्रक्रिया पास गरिन । विज्ञताका आधारमा छनौट हुने २० जनाको समुहमा विभिन्न जाती वर्ग र भाषाभाषी समुदाय रहेको सो समुहमा काम गर्ने उनि पहिलो नेपाली हुन ।

त्यहि काम गर्ने शिलशिलामा प्रसस्तै अनुभव संगालेकी सन्जिताले भनिन् मैले सयौ त्यस्ता शरणार्थीका रुपमा अमेरिका आएकाहरुलाई यहाँको सिस्टम सिकाउन र उनिहरुलाई घर खोज्नेदेखि स्कुलमा बच्चालाई स्कुल छोड्नसमेत सहयोग गरे । यद्दपि अहिले पनि त्यो काम मौका मिल्दा निरन्तर गरिरहेकी छु । त्यहि अनुभवका आधारमा होला मे ८, सन् २०१५ मा उनी अमेरिकी राष्ट्रपति बाराक ओवामाको प्रसिडेन्ड एडभाईजरी कमिसन अन एसियन एण्ड प्यासिफिक आईसल्याण्डर(एपिआई)मा मनोनित भईन । मे ८, २०१५ मा नियूक्ति भएकी प्रधानको नियूक्ति २० सेप्टेम्बर २०१७ सम्म पदावधि भएपनि आफ्नो कार्यक्षेत्रसंग नमिल्ने गरी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशहरु आउन थालेपछि उनी सहित उनको समुहले राजीनामा दिईन । किन राजीनामा दिनुभयो भन्ने प्रश्नमा उनले जवाफमा भनिन अन्य बेलामा राष्ट्रपति फेरिदा पनि यो समुहमा काम गर्नेहरु कतिपय निरन्तर रहेका थिए तर यतिखेर परिस्थिति फरक पनि भयो । तत्कालिन राष्ट्रपति वील क्लीन्टनको पालाबाट कार्यकारी आदेशबाटै स्थापित यो एपिआईमा प्रतिनिधित्व गर्ने उनि पहिलो नेपाली हुन ।

त्यो कमिसनमा काम गर्दा ह्वाईट हाउस र एपिआईबीच पुलको रुपमा काम गरिन जुन उनका लागि र एक नेपालीका नाताले दुर्लभ अवसर थियो । उनलाई यो अवसरले के सिकायो भने निरन्तर समाजसेवा गर्ने हो भने अमेरिकामा हामी जस्ता आप्रवासीका लागि पनि प्रसस्तै अवसर हुनेरहेछ । उनले १० बर्षकै छोटो समयमा ह्वाईट हाउसमा राष्ट्रपतिको सल्लाहकार समितिको सदस्यका रुपमा पाईला टेकिन सायदै पहिलो पुस्ताका नेपालीले सजिलै पाउने अवसर होईन । त्यतिखेरसम्म खासै चर्चामा नरहेकी उनि एक्कासी नेपाली समुदायमा उनको चर्चा भाईरल बन्न पुग्यो । त्यहिखेर भारती सन्चारमाध्यममा समेत उनको ह्वाईट हाउस यात्रा चर्चाको शिखरमा पुग्यो । ह्वाईट हाउसमा नेपाल भन्ने देशको नाम समेत त्यति थाहा नभएको बेला नेपाली आप्रवासीका रुपमा उनि परिचित हुन थालिन । थुप्रै उच्च स्तरका बैठकमा नेपाल चिनाउन पाउँदाको आनन्द पनि उनले महसुस गरिन ।

अमेरिका पुग्ने जो कोही पनि त्यो भवन अगाडी उभिएर एक फोटो खिच्छन र कहिल्यै नहराउने गरी जतन गरेर राख्छन । बाहिरबाट हेर्दा यति आर्कषक छ भने भित्र त्यसको सजावट होस वा बनावट आखिर कस्तो होला स्वाभाविक जिज्ञासा हो । त्यहि भवन जहाँ काम गर्ने अवसर पाउने एक व्यक्ति त्यो पनि एक जना नेपाली सन्जिता प्रधान हुन । उनै सन्जिताले हामीसंग भनिन मेलै पनि कहिल्यै कल्पना गरेको थिईन की एक दिन ह्वाइट हाउसभित्र काम गर्ने अवसर पाईएला । उनी आज निर्धक्क त्यहि संसारको आकर्षक एवं संसारलाई हेर्ने ह्वाईट हाउसमा ओहोर दोहोर गर्छिन । त्यो पनि सामान्य कर्मचारीका हैसियतमा नभै राष्ट्रपतिका सल्लाहकार सदस्यका हैसियतमा । यो अवसर नेपालीले पाएको ठुलो अनुभवमात्र नभएर सम्पुर्ण नेपालीको गौरवको कुरा हो ।

नेपालको विश्व मानचित्रमा जुन हैसियत कायम छ, त्यो देशबाट १० बर्ष अघि अमेरिका टेकेकी उनि आज संसारका थोरै मानिसले आउने अवसरमा पुग्दा अझै सन्तुष्ट छैनन र भन्छिन अझै गर्न बाँकी काम निकै धेरै छ, जुन भर्खर शुरुवात मात्रै भएको छ रे । त्यसैले होला उनि निकै व्यस्त थिईन । उनिसंग सम्पर्क गर्दा कहिले बोडिड पास बोकेर एयरपोर्ट पुगेकी हुन्थिन त कहिले उच्चस्तरका बैठकहरुमा सहभागी भैरहेकी हुन्थिन । तैपनि सरल र सकारात्मक सोचकी धनी सन्जिताले भन्थीन समय दिन नसकेकोमा माफ गर्नुहोस है । उनले थपिन मलाई हल्ला भन्दा नी काम गर्नु छ । जुन परिणामबाट म र हामी जस्ता आप्रवासीको लागि सहयोग होस । यतिखेर आप्रवासीका लागि काम गर्छु भन्नु निकै सन्जिताको लागि मात्रै नभएर सबैका लागि निकै चुनौतिपुर्ण छ कारण अमेरिकाको वर्तमान राज्य संयन्त्र अमेरिकामा रहेका आप्रवासीबिरुद्ध खनिएको छ । एकपछि अर्को गर्दै आप्रवासीको उठिबास गराउन कम्मर कसेर ट्रम्प प्रसाशन लागि रहँदा सन्चिता ढुक्कले अर्को निर्वाचनमा डेमोक्र्याट जिताएर गुम्दै गएको आप्रवासीको अधिकार पुर्नस्थापना गर्ने कार्य खटिएकी छिन । हुन सक्छ नेपाल जस्तो देश उनिहरुको प्राथमितामा नहोला तर पनि आप्रवासीका लागि काम गर्न यतिखेर निकै सकस पक्कै छ । जहाँ सिंगो राज्य आप्रवासीलाई हायलकायल पार्दैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन दिनहु जस्तो आप्रवासीलाई कसरी लखेट्ने भन्दै नयाँ नयाँ कानुनको खोजीमा बिताउँछ । यस्तो बेला उनि आफ्नो उच्च महत्वको पदीय हैसियतबाट राजीनामा दिएर लुज नेटवर्कमार्फत आप्रवासीकै हितमा काम गर्दै आएकी छिन ।
झण्डै डेढ बर्ष ह्वाईट हाउसमा काम गर्दा जम्मा एक पटक राष्ट्रपति ओवामा लाई भेट्न पाएको निकै ठुलो अवसर हो भनिन । ह्वाईट हाउस ईनिसियटिद्धारा आयोजित विभिन्न डिनर कार्यक्रममध्ये एक कार्यक्रममा उनले राष्ट्रपति ओवामासंग छोटो समय आफ्नो टीमको चार जनाले भेट्ने अवसर पाएको बताईन । उनकै भाषामा त्यो दुर्लभ अवसर नै हो । उनले उपराष्ट्रपतिको निवासबाटै निमन्त्रणा पाएर कार्यक्रममा सहभागी भएकी थिईन जुन अवसरलाई उनले स्मरणीय रहेको बताउने गरेकी छिन ।
त्यो उच्चतहमा काम गर्दा सन्जिताले थाहा पाएको अर्को महत्वपुर्ण कुरा के हो भने हामी जुन देशमा छौं त्यहाँका सम्पुर्ण वस्तुस्थिति र रहनसहन थाहा पाउन जरुरी छ । तर विडम्बना नेपाली समुदाय त्यसतर्फ पटक्कै ध्यान नदिएको पाईन । उनले दुखका साथ भनिन यदि कोही छ भने त्यो न्यून सख्यामा मात्रै छ । नेपाली समुदायले आफनै समुदायमा सीमित भएर गर्ने राजनीति आवश्यकता भन्दा बढी भएको छ अमेकिामा । समुदायमा गरिने गतिविधिले खासमा संस्कार सस्कृतिको रक्षा त गर्दछ तर अमेरिकामा बसोवास गरेपछि अमेरिकी सस्कार संस्कृति र यहाँको राज्य व्यवस्थाका स्वरुपहरुबारे पनि जान्न उत्तिकै महत्वपुर्ण रहेको उनको ठम्यार्ई छ । नत्र अमेरिकी अवसरको सदुपयोग गर्न सकिन्न ।
सन्जिताको अनुभवमा एसियनहरु प्राय जसो ग्रीनकार्ड लिएर नागरिकता नलिने आप्रवासी समुदाय हो । उनले राजनीतिक रुपमा पाएको महत्वपुर्ण अनुभव के भने जहिलेसम्म नागरिक भएर मतदानको अधिकार पाईन्न अधिकारका लागि राजनीतिक तहमा अधिकार व्ययस्थापन गर्न कठिन हुने रहेछ । आखिर राजनीतिक हिसावले जसले मतको कदर गर्दछ उसैले अधिकारको लडाईमा सफल हुन्छ । त्यसैले उनको भनाई सबै भन्दा पहिले समय पुगेका हरेक व्यक्तिले नागरिकता लिएर मताधिकार सुरक्षित गरेपछि मात्रै अमेरिकमामा पाईने धेरै अधिकारको लडाईमा सहभागी हुन पाईन्छ, अन्यथा राजनीतिक अधिकारबाट बन्चित रहेसम्म धरै अधिकार पाईदैन । हुन पनि सन्जताले ह्वाईट हाउसमा दक्षिण एसियालीलाई सज्जन, मिहेनती र पढेलेखेका भन्ने दर्जा पाएकोमा गर्व पनि गरिन, तर एसियनहरुले आफ्नो अधिकारका बारेमा कम आवाज उठाउने समुदायमा पर्ने अमेरिकी सोच रहेको पत्ता लगाईन पनि ।
अमेरिका यस्तो देश हो जहाँ आफ्नो अधिकारका लागि निरन्तर आवाज उठाउँदा नागरिकका सबै मागहरु पुरा भएका छन । त्यसैले एसियनलाई मोडल माईनोरिटी भन्ने गरिदो रहेछ । अमेरिकामा रहेका १८ मिलियन एसियन अमेरिकनलाई अमेरिकी सरकारले मोडल माईनोरिटी भनेर वर्गीकरण गरेको छ । सन्जिताकै भनाई एसियन अमेरिकन खासै अपराधिक गतिविधिमा नलाग्ने ईमान्दारपुर्वक काम गर्ने, पढेलेखेका खास गरी त्यतिधेरै सुविधा पनि नचाहने सज्जन वर्गमा पर्ने हिसावले अमेरिकी सरकारले मोडल माईनोरिटी भन्ने गर्दा रहेछन । त्यसो हुँदा अमेरिकी सरकारले उपलब्ध गराउने कतिपय अन्य समुदायकाले झै पाउने राज्यको सुविधाबाट बन्चित भएका रहेछन । अहिले हामीले एसियन अमेरिकनका आवश्यकता र मागका आधारमा राज्यबाट पाउनु पर्ने सबैखाले सुविधाको समुचित वितरणको माग गर्दा ओवामा प्रशासानले थुप्रै विषयमा राज्यले सम्बोधन गरेको थियो । अमेरिकामा एसियन अमेरिकनबाट हालसम्म गर्भनर, मिनिष्टर स्तरमा कोही नपुगेका कारण पनि सबैखाले मागहरु सम्बोधन नभएको उनको बुझाई छ । उपल्लो स्तरमा काम गर्नेहरु नहुँदा पोलिसी बनाउन पनि कठिन हुने हुनाले उच्चस्तरीय सहभागीता हरेक समुदायका लागि आवश्यक छ । ओवामाले त्यसैलाई आधार मानेर एसियन अमेरिकनहरुका लागि उच्चस्तरमा काम गर्नेहरु मनोनित गर्ने सख्या बढाएका थिए । पहिले २ जना उच्च स्तरमा भएका एसियन अमेरिकनको स्थानमा ओवामाले पछि ५ जना पुर्याईएको थियो । यो हाल सम्मको उच्चतहमा पुग्ने एसियनहरुको लागि निकै ठुलो कुरा हो ।

नेपाली वर्ण कतिपय अवस्थामा अनुहार, भाषा र संस्कृति भारतसंग मिल्ने धेरै कुरा हुनाले उनलाई सयौ पटक तिमी ईण्डियन हौ भन्दा गर्वका साथ नेपाली भन्दै नेपालको परिचय दिनु परेको तितो अनुभव पनि छ सन्जितासंग । विश्व मानचित्रमा नेपालको गर्विलो उपस्थिति नहुँदा विश्वको नक्सालाई ओल्टाई पल्टाई खेल्ने ह्वाईट हाउसभित्र सन्जितालाई नेपाल भन्नेकुरा धेरै पटक दोहोर्याउनु पर्यो । यस्ता कुरा उनलाई काम गर्न झनै प्रेरित गरयो । हुन त सन्जिताका निम्ति नेपाली समुदाय मात्रै काम गर्ने दायरा थिएन । न त उनको भूमिका त्यतिमै सीमित थियो । भएको सल्लाहकार कमिसन फर एसियन अमेरिकन प्यासेफिक आइसल्याण्डर्स (एपिआई) को हिसाबले समेत उनको काम गर्ने र जिम्मेवारी बहन गर्ने क्षेत्र फराकिलो थियो । कतिपय अवसर त्यही गएर थाहा पाईयो, त्यसबाट अबको पुस्ताले धेरै पाउन सक्दछ जुन कुरा उनका लागि संभव थिएन । त्यसैले उनि नेपाली समुदायलाई लक्षित गर्दै भन्छिन खाली घण्टामा काम गर्ने दैनिकी मात्रै बनाएको भए यो उपलब्धि संभव थिइन, कारण आज म जहाँ छु । उनको सल्लाह छ की नेपाली समुदायले यहाँको राजनीतिमा सहभागी हुनु पर्दछ । कुनै पनि समुदायका लागि अधिकार पाउन सबै भन्दा ठुलौ औजार भनेकै राजनीतिक औजार हो जसको कारण अधिकारको लडाईमा जीत सुनिश्चित हुन्छ । अमेरिकामा हाम्रो पुस्ताको समुदाय त्यो अधिकारका लागि खासै रुचि देखाउँदैन । त्यसैले उनको सुझाव छ अमेरिकामा नेपालको राजनीति होइन यहिको राजनीतिमा सहभागी हुनुपर्दछ ।

संसारमा असम्भव भन्ने हुदैन, विभिन्न प्रयोगहरुले त्यसको प्रमाणित गरिसकेको छ । आफू जुन काममा लागिएको हुन्छ त्यसलाई इमानदारीपूर्वक गर्नु र काम केवल कामका लागि नभई सिकाइ अनि विज्ञताको बृद्धिका रुपमा लिदा सफलता प्राप्त हुने उनको सुत्र नै छ । अमेरिकाको सानो राज्यभित्र पर्ने आईओहा आउँदाको ती दिन र आजको दिनमा व्यस्तता निकै बढेको सुनाउँदै सञ्जिता भन्छिन– आफूलाई व्यस्त राख्न सके त्यसले अवसरको निर्माण गर्दो रहेछ । जसले सही क्यालेन्डर र लक्ष्य लिएर अघि बढ्न सक्छ एक दिन सफलता अवस्यमभावी छ ।
ह्वाईट हाउस यात्रा शुरु हुनु भन्दा अघिको अनुभव स्मरण गर्दै उनले भनिन ह्वाइट हाउसको कोर स्टाफहरुबाट धेरै पटक फोन आयो कति पटक त के हो के हो भन्नेमा पनि आफै विश्वास नलागेर अलमलमा परे । ह्वाईट हाउसबाट आएको फोन कसैलाई भनौ की नभनौ भन्दै निकै दिनसम्म घरपरिवार बाहेक कसैलाई भनिनन् । निरन्तरको कुराकानीबाट मेरो ब्याकग्राउण्ड चेक भयो अन्ततः त्यो ठाउँमा म मनोनित भए । फरक व्यक्ति, समुदाय र विश्वका उच्चस्तरका व्यक्तिहरुसंग काम गर्न र अन्र्तक्रिया गर्न पाउनु उनका लागि विशिष्ट अनुभुति त थियो नै संसारिक कुराहरु सिक्न पनि उत्तिकै महत्वपुर्ण रह्यो त्यो यात्रा । राज्य तहको नीति निर्माण तहमा बसेर काम गरेका सन्जिताका लागि यो एउटा खुड्किलो मात्रै हो । उनले भनिन बल्ल मेरो यात्रा शुरु भएको छ अब झन धेरै काम गर्नुछ । ट्रम्प प्रसासन आउने वित्तिकै छाडेका सल्लाहकारहरुको एक सय ४४ जनाको समुहले एसिया प्यासिफिक आईल्याण्ड (एपीआई १४४) नामक समुह स्थापना गरेर काम गरिरहेका छन । सन्चिताले बताए अनुसार आगामी मिडट्रम निर्वाचनमा डेमोक्र्याटका लागि भन्दै त्यो एपिआई १४४ समुहले अहिले देखि नै काम गरिरहेका छन । डेमोक्रयाटले मात्रै आप्रवासीको हितमा काम गर्ने भएकोले यो समुह आगामीे मिडट्रम निर्वाचनमा डेमोक्र्याटलाई जिताउने काममा तल्लीन हुनेछ ।
सल्लाहकार समुहमा काम गर्दाका थुप्रै अनुभव प्रभावकारी दिर्घकालिन असरका कामहरु गरिन् । चाहे टिपियस होस वा नेपाललाई दिने भन्सार छुट लगायतका उनकै शब्दमा खासगरी नेपालमा गएको शक्तिशाली भुकम्पले पारेको असरपछि नेपालीलाई टिपिएस सुविधा दिलाउन राष्ट्रपतिलाई सिधै पत्र लेखेर आग्रह गरिन । मैले आफ्नो पदीय हैसियत अनुसार राष्ट्रपतिलाई पत्र लेखे अरु नेपाली समुदायहरुबाट पनि दवावमुलक कार्यहरु भएका थिए । मलाई मैले गर्दा त्यो संभव भयो भन्नु छैन, त्यो प्रयासबाट नेपालीले सुविधा पाए त्यहि ठुलो कुरा हो उनले भनिन । यदि म त्यहाँ थिईन भने राष्ट्रपतिको टेबलमा त्यो पत्र पुग्ने संभव नै थिएन त्यसैले मैले लेखेको पत्रले पनि काम गर्यो मात्र भनिन् ।
उनको अनुसार राष्ट्रपतिको सल्लाहकार समुहमा काम गर्दा उनले राष्ट्रपतिले दिने मेमोको आधारमा हामीले बढी काम डिपार्टमेन्ट हेडसंग गर्नुपर्दथ्यो । राष्ट्रपतिको सल्लाहकार समुहमा भएकाले हामीलाई आ–आफ्नो क्षेत्रसग सम्बन्धित विषयमा सोधखोज हुन्थ्यो त्यहि अनुसार हामी आफ्नो कार्यक्षेत्रमा रहेर निती निर्माण तहमा सरसल्लाह सुझाव दियौ । आफ्नो यो यात्राको मुख्य अंशियार श्रीमान्लाई ठानिन र भनिन श्रीमान र परिवारको साथ समर्थनले यो उपलब्धि हासिल भयो । आखिर मानिस जति सुकै उपल्लो स्थानमा पुगे पनि परिवारिक आवश्यकता र महत्व उत्तिकै हुन्छ । अझ सफलताको सिडी चढ्न श्रीमानलाई श्रीमति र श्रीमतिलाई श्रीमानको उत्तिकै सहयोग र सद्भाव आवश्यक हुनछ । दुई छोराकी आमा संजिताले भनिन त्यतिखेर परिवारलाई समय दिन सकिन निकै धेरै ट्राभल गर्नु पर्दथ्यो, अहिले अलि कम भएको छ तैपनि कामको प्रकृति फरक भएपनि व्यस्ततामा कुनै कमी छैन ।

राष्टपतिको सल्लाहकार समुहबाट राजिनामा दिएपनि यतिखेर उनि फरक विषयमा उत्तिकै व्यस्त छिन । पुर्वराष्ट्रपति ओबामाको समुहमा रहेर काम गर्ने उच्चस्तरीय १ सय ४४ जनाको एक एसियन अमेरिकन प्यासिफिक आइल्याण्ड हाइलेभल ग्रुप, आपी भिक्ट्री फण्ड गठन गरेर सञ्जिता त्यसमा आबद्ध भएर काम गर्दा संसारमा स्थापित सिष्टमले कसरी काम गर्दो रहेछ भन्ने कुराको प्रत्यक्ष अनुभव मेला लागि हजारौ विश्वविद्यालयमा पढेको भन्दा ठुलो शिक्षा हो । ह्वाईट हाउसमा अनगिन्ती औपचरिक वा अनौपचारिक विविध समुहमा बैठकहरुमा सहभागी भइयो तर त्यो महत्पवुर्ण बैठकहरुमा सहभागी हुनु, आफ्ना कुरा राख्ने अवसर पाउनु र आफुले राखेका कतिपय विषय पोलिसीमै समेटिनुले आफूलाई आफ्नो जीवन र आफूले समुदायप्रति गरेको कामको गौरव महुसुस हुन्छ । ह्वाईट हाउसमा जान पाउनु एक स्वर्णीम दिन हो त्यहाँ रहँदा हरेक मिनेट समाज र समुदायको लागि खर्चिए त्यसैले त्यहाँबाट बाहिरीदा कुनै विषयमा कम गरे भन्ने छैन । अमेरिकीहरुसंग काम गर्दा सिकेको एक महत्वपुर्ण कुरा हो सकारात्मक सोच । जतिसुकै रिसराग रहेपनि अमेरिकनहरु अन्तिम अवस्थासम्म सकारात्मक सोचमा काम गर्दछन, त्यसैले होला प्राय परिणामहरु पनि सकारात्मक नै हुन्छन उनले बताईन ।

राष्ट्रपतिको सल्लाहकार समुहमा काम गरेकी प्रथम नेपाली प्रधानले भनिन् काम गर्ने सिलसिलामा राष्ट्रपति ओबामासंग जम्मा एक पटक मात्रै औपचारिक भेट हुन पायो । भेट भईरहनु पर्ने त्यस्तो कारण पनि नहुँदो रहेछ उनले भनिन, राष्ट्रपति भेट्ने कुरा निकै कठिन हो, त्यो सजिलै संभव हुने कुरा होईन । हाम्रो कामको प्रकृति नै राष्ट्रपतिले दिएको आदेश कार्यन्वयन गर्ने सिलसिलामा डिपार्टमेन्ट हेडहरुसंग बसेर आफ्ना कार्य क्षेत्र अनुसार काम गर्ने थियो । राष्ट्रपतिले दिएको मेमोलाई फलो गरेर काम गर्ने पर्ने रहेछ त्यसरी नै काम गरियो ।
राष्ट्रपतिलाई भेट्ने चाहाना राख्दा सकिन्थ्यो होला तर काम गर्ने क्रममा खासै आवश्यकता परेन, त्यसैले एक औपचाहिक कार्य क्रममा मात्रै भेटियो । उनले आफु त्यो पदमा रहँदा धेरै नेपाली समुदायबाट ओबामा लाई भेटाईदिनु पर्यो भनेर दवाव आएको स्मरण गरिन । उनको यो नियूक्ति तलबी काम होईन । उनको समुहले गरेकाृे कामको आधारमा प्राप्त अर्को उपलब्धि ओवामा केयर हो । त्यो पास हुँदा हामीले दिएको सुझाव लगभग अक्षरस कार्यन्यवयन भएको थियो । त्यो हाम्रो कामको पहिलो सफलता हो । त्यसमा ओबामा केयर ग्रीनकार्ड होल्डरका लागि पनि स्वास्थ्य ईन्सुरेन्स दिने सोचका साथ आएको थियो त्यहीे पहलबाट ग्रीनकार्ड होल्डरका लागि पनि लिन पाउने गरी कार्यन्वयन भयो । त्यसैलाई अग्रेजीबाहेक अरु भाषामा पनि सेवा दिनु पर्दछ भनेर दिएको सुझाव पनि कार्यन्वयन भएको हो । मैले काम गर्दा थाहा पाएको कुरा के हो भने अमेरिकामा एसियन समुदायको फरक यूनिक आवश्यकता रहेछ । त्यसलाई कसरी राज्यले सम्बोधन गर्न सक्दछ भन्ने अमेरिकी सरकारको चाहानालाई हामीले तत्कालिन समयमा दिएका सुझावहरु प्रायजसो कार्यन्वयन भएका छन ।
अमेरिकी राष्ट्रपतिका सल्लाहकारहरु विषयगत हिसाबले कति हुँदा रहेछन भन्ने प्रश्नमा उनल भनिन मैले पनि यकिन गर्न सकिन की विषयगत रुपमा निकै हुँदा रहेछन । अमेरिकामा एसियन अमेरिकनको बेग्लै छवि छ । अमेरिकामा एसियन अमेरिकन अपराधिक गतिविधिका निकै कम, शिक्षित, मिहेनती भनेर चिनिन्छ । तर पछिल्लो समय शरणार्थीहरु आउन थालेपछि अशिक्षित नपढेकाहरु पनि आउने भएकाले उनिहरुलाई अमेरिकामा सरकारले विशेष सविधा दिनु पर्दछ भन्ने कुरामा ध्यान पुगेको हो । नत्र अमेरिकामा हामी एसियन अमेरिकनलाई खासै विषेश सुविधानै चाहिन्न जस्तो भैरहेको रहेछ ।

 


यहि सल्लाहकार समुहको पहलमा नै अमेरिकी हेल्थ ईन्सुरेन्सको लागि ग्रीन कार्ड होल्डरलाई पहिलो पल्ट व्यवस्था गरिएको सन्चिताको भनाई छ । त्यस अघि नभएको व्यवस्थालाई परिवर्तन गरेर ओबामाको पालामा ग्रीनकार्ड होल्डरले पनि हेल्थ ईन्सुरेन्सको सुविधा पाएको थियो । त्यसको महत्वपुर्ण पक्ष के हो भने अमेरिकामा एसियन अमेरिकन त्यसमा पनि नेपाली समुदाय नागरिकता लिने बेला भएर पनि नलिएर ग्रीन कार्ड नविकरण गर्दै बसेकाको सख्या निकै रहेको छ । नागरिक नभएसम्म नपाउने सुुविधा ग्रीनकार्ड होल्डरले नपाउँला ठुलो सख्यामा एसियन अमेरिकन प्रभावित थिए जसलाई ओवामा केयरले निकै फाईदा पुर्यायो ।
अमेरिकामा ईमिग्रयान्टको लागि जीवनस्तर उकास्नका लागि सरकारी स्तरबाट थुप्रै सुविधायूक्त कामहरु हुन्छन । मोडल ईमिग्राण्ड भएकै कारण यी सुविधाहरुबाट एसियन बन्चित थिए । एसियामा पनि भारत, चीन, भियतनाम र पाकिस्तान जस्ता देशको मात्रै नाम सुनी रहेको बेला नेपालको नाम त खासै थाहा नपाएको जस्तो पनि गर्दथे । एक हिसावले ह्वाईट हाउसभित्र हुने कयौ विशिष्ठ खालका बैठकहरुमा नेपालको नाम सुन्दा नी अचम्म मान्नेहरुले विस्तारै नेपालको कुरामा सहयोगी भावना देखाएर तत्कालिन र दिर्घकालिन असरका कामहरुमा मद्दत गरेको अनुभव छ उनको ।
मोडल माईनोरिटी भनेर एसियनहरुले ल्याटिनो, अफ्रिकन अमेरिकनको तुलनामा राज्य तहबाट पाउने सहयोगहरुमा कम सहयोग पाएको आवस्था रहेछ । ल्याटिनो र अफ्रिकनहरुले बढी दुख पाएको भन्दै उनिहरु मात्रै सुविधाको प्राथमिकतामा परेका रहेछन । हामीले मोडलका रुपमा अमेरिकामा बसी रहँदा हामीले पाउनु पर्ने प्रसस्तै अधिकारहरु गुमाएका रहेछौं । त्यस्ता अधिकार ल्याउनका लागि सबै एसियन अमेरिकन एउटै स्तरमा नभएको भन्दै राज्यतहबाट लिने सुविधा बृद्धिमा सन्चिताले निकै काम गरिन ।
नेपाली समुदायलाई स्थानीय राजनीतिमा कसरी आप्mनो सहभागीता सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा आफुसंग निकै उपायहरु भएको बताउने उनले भनिन म नेपालीहरुका लागि त्यस्ता विषयमा काम गर्न सदैव तयार छु तर नेपाली समुदाय पनि तयार हुनु पर्दछ । उनले अमेरिकनसंग काम गर्दाको मुख्य निचोड के हो भने कुनै पनि देशमा आप्रवासीले स्थानीय नागरिकको तुलनामा बढी क्षमताबान बन्न जरुरी हुन्छ नै अन्यथा अवसर पाउन कठिन हुन्छ । अमेरिकन नागरिकसंग प्रतिष्पर्धा गर्न उनिहरु भन्दा बढी जान्ने र बढी नै दक्ष ज्ञान हूनु जरुरी छ अन्यथा आप्रवासी उनिहरुका लागि रोजाई नहुने मेरो आफ्ना अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *