नेपाली कांग्रेसले नीति महाधिवेशनको सट्टा महासमिति बैठक मंसिरमा गर्ने

काठमाडौँ — नेपाली कांग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।

कांग्रेसले महासमितिको बैठक मंसिर ११ देखि १३ गतेसम्म गर्ने भएको छ । ‘विधानमा नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी मंसिर ११ देखि १३ गतेसम्म महासिमितको बैठक बोलाइएको छ,’ पार्टीले गरेको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *