नेपालमा ४७ जनामा कोभिडको नयाँ भेरियन्ट पुष्टि

काठमाडौँ – नेपालमा ४७ जनामा कोभिड १९ को ‘डेल्टा भेरियन्ट’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठननको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोगमा भारतको नयाँ दिल्लीमा डब्लूएचओको मान्यता पाएको (आइजीआइबी)मा गरिएको परीक्षणबाट नयाँ भेरियन्टको पुष्टि भएको हो । ४७ मध्ये तीन जनामा नयाँ विकसित भएको K417N mutation भेटिएको छ । जसलाई A.Y1 नाम दिइएको छ ।

योसहित नेपालमा अल्फा र डेल्टा र कप्पा भेरियन्टका संक्रमित रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूह जोखिम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *