नेपालमा सोमबार थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु

काठमाडौँ  :  नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ५३ पीसीआर परीक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । त्यस्तै थप २१४ जनाको कोभिडका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् । हाल एक लाख १३ हजार ४८० सक्रिय संक्रमित आइसोलेशनमा र ७०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *