नेपालमा संक्रमित संख्या ४ हजार नजिक

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ३ सय ६५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमतिको संख्या ३ हजार ८१३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा मन्त्रालयका नयाँ प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टा भित्र सर्लाही जिल्लामा सवैभन्दा बढी १ सय ६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । यस्तै अर्घाखाँचीमा ३१, चितवनमा २४, कपिलबस्तुमा २४, वर्दियामा १८, धरानको प्रयोगशालामा १६ र जनकपुरको प्रयोगशालाका १५ जनामा संक्रमण देखिएको छ । यस्तै दैलेखमा १० महोत्तरीमा १२, सप्तरीमा १३, रौतहटका ११, मोरङमा र झापाका ९ ्र९ जना, पर्सा र प्युठानका ८ ्र८ जना, बारामा ७ , कञ्चनपुरमा १९, दार्चुलामा १०, डडेल्धुरामा ७ र कैलालीमा १ जना थपिएका छन । यस्तै रुपन्देही र सल्यानका ५ ्र५ जना, दाङका ४, नवलपरासीका २ जना, स्याङजा, कास्की, सुनसरी, बाँके, सुर्खेतका, पाँचथरका १ ्र१ जना र पाल्पा र गुल्मी घर भएका तर हाल लुम्विनी मेडिकल कलेज पाल्पामा उपचारमा रहेका २ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का ५८ वर्षिय पुरुषको पोखरामा उपचारका क्रममा निधन भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको पनि मनलयले जनाएको छ । हालसम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडिटी परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण गरिएको छ । सोमबारसम्म देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसेलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेको छ ।

पोखरा–क्वारेन्टाइनमा मृत्यु

पोखरामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलोशनमा भर्ना गरिएका पुरुषको आज बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गर्नुभयो । यता, पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।उता सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । थपिएकाहरुमा कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जना रहेका छन् । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ ।

प्रदेश २ का सप्तरीमा १६ जना र पर्सामा ८ जना संक्रमित थपिएका हुन् । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पोजटिभ देखिएको हो । गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका–६ स्थानीय हुन् । संक्रमितहरु केही दिनअघि भारतबाट आएका थिए । योसँगै सप्तरीमा संक्रमितको संख्या ९३ पुगेको छ ।

चितवनमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ जना स्वास्थ्यकर्मी सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चितवनमा २४ जना , नवलपुर ५ र धादिङ १ जना रहेका छन् । उता, अर्घाखाँचीमा ३१ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु भारतबाट आएपछि क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरु भारतबाट फर्कने क्रममा लखनउमा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ चरेपानीका ३४ वर्षिय कृष्ण बहादुर गैरेको सम्पर्कमा आएका थिए ।

यस्तै भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका १८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा बासगढि नगरपालिकाका ९ जना, मधुवन नगरपालिकाका चारजना ठाकुरबाबा नगरपालिकाका तीन जना र बारबर्दिया नगरपालिकाका दुई रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य फोकल पर्सन कृष्ण गोपाल चौधरीले बताउनुभयो । उनीहरु भारतबाट आएर क्वोरन्टिनमा बसेका थिए । योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशमलामा गरिएको परिक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकाहरुमा दैलेखका १०,सल्यानका ५ र सुर्खेतमा १ जना छन् । यो संगै प्रदेशमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *