नेपालमा बुटवलको सैनामैना क्षेत्र पनि सहलको प्रकोप

 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा हालसम्म भित्रिएका सलहले कुनै ठुलो क्षति नगरे पनि ठूलो झुण्डमा सलह आउने जोखिम भने बढेको जनाएको छ । नेपाल भित्रिएका सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरे पनि भारतबाट ठुलो झुण्डमा नेपाल आउँदै गरेकाले जोखिम भने बढेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी हालसम्म नेपाल आएका सलहले बुटवलको सैनामैना क्षेत्रका मकैमा सामान्य क्षति पुर्याए बाहेक अन्यत्र यसले पारेको क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएको छ । पछिल्लो समय भारतको राजस्थानबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना प्राप्त भएकाले नेपालमा अझै ठुलो संख्यामा आउन सक्ने सम्भावना देखिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच कपिलवस्तुमा सलह किरा व्यापक रुपमा देखापरेको छ । जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरिरहेको छ । किराको प्रबेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् । किराले बाली खान सुरु गरिसकेको छ । यस्तै अर्घाखाँचीमा पनि सलह भित्रिएको छ । जिल्लाकोे दक्षिणी भेग शितगंगा नगरपालिकाको सुर्वणखाल, शितापुरका केही भुभागमा सलह देखिएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभएको छ । सलहले मकै बाली लगायतका अन्य बालीमा क्षति पु¥याएको छ । यता, मकवानपुरमा पनि सलह किरा प्रवेश गरेको छ । सलहले बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका लगायतको क्षेत्रमा बाली नष्ट गर्न सुरु गरेको छ । जिल्लामा लाखौंको संख्यामा आइपुगेका बताईएको छ ।
यता, भारतबाट नेपालका तराइका जिल्ला हुँदै सलह कीरा प्यूठान भित्रिएको छ । आज बिहान प्यूठानको दक्षिणी क्षेत्र सरुमारानी गाउँपालिका बाङ्गेशालामा सलह देखिएको सरुमारानी गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ । स्थानीयका अनुसार ६÷७ हजारको संख्यामा सलह देखिएको र मकै बालीमा क्षति पु¥याएको छ उता प्रदेश नं. ५ कृषि भूमि व्यवस्था मन्त्रालयले सलह कीरा जम्मा गरेर ल्याए किसानलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भने एक किलो सलहको २५ रुपैयाँ दिने निर्णय गरेको छ । अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई सो रकम दिने बताउनुभएको हो ।
बारा पर्सा र रुपन्देहीलगायतका जिल्लाबाट हिजो प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो । भोलीसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो ।
सहल किरालाई विहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाई छ । साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले विहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *