नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार

 

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । पहिल्लो २४ घण्टामा १ सय १६ जना नया संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले धनुषाका २० जना महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना,पाल्पा, कैलाली र दाङ्का ५÷५ जना,जुम्लाका ४ जना,प्युठान,रोल्पा,धनकुटा,इलाम र अर्घाखार्चीका ३÷३ जना,पर्सा , नवलपरासी पूर्व,गोरखा,काठमाडौ,काभ्रे र अछामका २÷२ जना, कञ्चनपुर, सिराहा, सुनसरी,तेह्रथुम ,झापा, नुवाकोट, रौतटह, सिन्धुली,ओखलढुङ्गा,सिन्धुपाल्चोक,सुर्खेत,बांके र वर्दियाका १÷१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर १० हजार ३ सय २८ जना अर्थात ६० दशमलब ५३ प्रतिशतले कोरोना जितेका छन् । यस्तै प्रदेश १ मा १ सय ७१,प्रदेश २ मा १ हजार ९ सय ७,वागमति प्रदेशमा ४ सय ६५,गण्डकी प्रदेशमा ५ सय २, प्रदेश ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३२ जना गरी ६ हजार ६ सय ९५ जनाको उपचार भैरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा.गौतमले काठमाडौ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भए तापनि पूर्ण रुपमा सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । सार्वजनिक यातायात खुल्नु भनेको कोरोना संक्रमणको डर छैन् भन्नु होईन भन्दै उहाँले भौतिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोग गरेर मात्र यात्रा गर्न आग्रह गर्नुभयो ।
यता सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमणमुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

उता कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेस सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश सभाका सदस्य, कर्मचारीलगायत अन्य व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिएको छ । प्रदेश सभाका सदस्यलाई संक्रमण पुष्टि भएपछि संसद बैठक स्थगित गरिएको छ । कर्णाली प्रदेशमा आज प्रदेशका सांसदसहित थप २६ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा सुर्खेतका १४ जना, दैलेखका ६ जना, जुम्लाका ५ जना र जाजरकोटका एक छन् । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ९० पुगेको छ भने १४ सय ६२ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *