काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २४ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।
कम्पनीले चालु आ.व. २०७६/०७७ को फागुनसम्ममा १ अर्व ४९ करोड १३ लाख १९ हजार ९७६ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सोही अवधिमा आ.व. २०७५/०७६ मा १ अर्व २३ करोड ६३ लाख २४ हजार ८७ रुपैया बीमाशुल्क आर्जन गरेको थियो । शुक्रवार सम्पन्न कम्पनीको २४ औं वार्षिक साधरण सभामा उक्त कुराको जानकारी दिइएको हो ।
यो अवधिसम्म आइपुग्दा कम्पनीको व्यावसायिक दक्षत अभिबृद्धि गरि गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गरी ग्राहकको विश्वास आर्जन गर्न सफल भएको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले ३ करोड चुक्ता पूँजीबाट शुरु भएको नेको इन्स्युरेन्स हाल मुलुककै सवैभन्दा बढी पूँजी भएको निर्जीवन विमा कम्पनीका रुपमा परिणत भएको बताए । ‘हामी अन्य सूचकांकमा समेत नेपालका बीमा कम्पनीहरुमा अग्रणी स्थानमा छौं’—खड्काले भने ।दोहोरो वित्तिय विवरण बनाउनु पर्ने प्रावधानका कारण संस्थाले नाफाको अत्याधिक हिस्सा दोहोरो व्यवस्थामा राख्नुपर्ने भएकाले यसवर्ष शेयरधनिलाई प्रदान गरिने लाभान्स केहि कम हुन गएको बताउँदै अध्यक्ष रमेश कुमार निरौलाले कम्पनीले दिएको प्रतिफल तुलनात्मक रुपमा सन्तोषजनक रहेको बताए।
कम्पनीले नेपाली बीमा बजारमै पहिलो पल्ट शूरु गरेको ठाउँको ठाउँ भुक्तानी योजना निकै लोकप्रिय बनेको र यसले धेरैको प्रशंसा पाएको बताउँदै प्रमुख कार्यकारी खड्काले ग्राहकहरुलाई पृथक बीमा सेवा उपलब्ध गराउने उदेश्यले कम्पनीले नयाँ नयाँ बीमालेखहरु जारी गरिरहेको बताए ।
विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व कै आर्थिक गतिविधि ठप्प भएको र नेपालमा पनि यसको प्रत्यक्ष असर परेको बताउँदै प्रमुख कार्यकारी खड्काले चालु आर्थिक बर्ष र यसपछिका वर्षमा पनि यसले नकरात्मक प्रभाव पार्ने बताउँदै कम्पनी यस्ता असरलाई कम गर्न हरसंम्भव प्रयत्न गर्ने बताए ।
साधरण सभाले रमेशकुमार निरौलाको अध्यक्षतामा ५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।