नीजि अस्पतालका प्रमुख सिंह आईओएमको डिन नियुक्त ?

 

काठामाडौं, नेपालमा विश्व विद्यालयमा हुने राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तिले स्तरीय नतिजा दिन नसकेको भनेर चिन्ता व्यक्त गर्न थालिएको छ । प्राज्ञिक थलोमा पदाधिकारी नियुक्ति गर्न सर्वमान्य मापदण्ड बनाएर नियुक्ति गर्न सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरिएपछि राजनीतिक नियुक्ति फेरी पनि बहशमा आएको छ । त्यसमाथि डा शाह एक ग्राण्डी अस्पतालमा समेत विभागीय प्रमुख रहनु भएको छ । गत कार्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डि अस्पतालमा उपचारका लागि पुग्दा त्यहाँको अध्यक्ष तथा नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागको तर्फबाट डा. दिव्या सिंह शाहको हस्ताक्षर रहेको प्रेस विज्ञप्ति निकालिएको थियो । त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० मा उल्लेख भएअनुसार आंशिक रुपमा रोजगारी तथा सेवा गर्न पाइने भए पनि निजी संस्थाहरुमा विभागीय प्रमुख भने पाइने छैन । डा सिहंले त्यहाँ विभागीय नेतृत्व सम्हालको विषयमा स्पष्टीकरण सोधिएकोबारे बाहिर केही आएको छैन । स्वास्थ्य क्षेत्रमा नियम र पद्धति मिचेर गरिने काम अपराध भएको बताउँछन प्राध्यापक डा. गोविन्द केसी ।
त्यसो त विश्व विद्यालयहरुमा रानजीतिक नियुक्ति नै हुँदै आएको छ । राजनीतिक नियुक्ती गर्नुहुन्न भनेर बहश गर्नुपर्ने ठाँउमा नै राजनीतिक नियुक्ति हुँदै आएको छ । नेतृत्वले वरिष्ठताका आधारमा भन्दा पनि आफू निकटकालाई नियुक्त गर्दै आएको छ । विश्वविद्यालयको पदाधिकारी नियुक्ति राजनीतिक आधारमा नभई मापदण्ड बनाइर वरिष्ठताका आधारमा गर्न प्रजातन्त्रवादी प्राध्यापक संघको माग छ ।
नयाँ उपकुलपतिले पदभार ग्रहण गरेपछि आफू निकटका व्यक्तिहरुको विभिन्न पदमा नियुक्त गराउन उपकुलपतिको कार्यकक्षमा ताला लगाउने दलगत प्राध्यापक संघको नियति नै बनिसकेको आरोप पनि लाग्दै आएको छ । गत कार्तिक १७ गते त्रिविको उक–कुलपतिमा डा धर्माकान्त बास्कोटा नियुक्त भएपछि आईओएमको डिन नियुक्ति सहित त्रिविका विभिन्न आंगिक क्याम्पस तथा विभागहरुका १५ पदमा वरिष्ठता मिचेर नियुक्ति गरिएकोमा प्रजातन्त्रवादी प्राध्यापक संघले विरोध गदै उपकुलपति डा बास्कोटालाई बुझाएको छ । संघले त उपकुलपति बास्कोटाको राजिनामा नै मागेको छ । त्रिविका रजिष्ट्रार प्रो पेशर दाहाल विश्वविद्यालयमा वरिष्ठता सर्वाेच्च अदालतको जस्तो नभई सक्षम व्यक्तिलाई पदमा नियुक्त गरिएको बताउनुहुन्छ ।
विश्वबजारमा प्रतिस्पर्धि बन्न र स्तरीय जनशक्ति उत्पादन गर्नका लागि स्पष्ट मापदण्ड बनाएर पदधिकारी नियुक्त गर्न सकेमात्र विश्वविद्यालयहरुको गरिमा बढ्ेन छ ।
यसैबीच चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम ) मा वरिष्ठताको रोलक्रम मिचेर डीन नियुक्त गरिएको भन्दै विरोध गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयले गत बुधबार प्रा.डा. दिव्या सिंहलाई डीन नियुक्त गरेको थियो । डा. केसीले प्रेस विज्ञप्ती जारी गर्दै वरिष्ठताको आधार भत्काएर सरकारले आफुखुसी कार्यकर्ता भर्ति गराएको आरोप लगाउनु भएको छ । वरिष्ठताको आधारमा नै डीन लगायतका नियुक्त गराउन बारम्बार आन्दोलन गर्दा पनि सरकारले फेरि नियम मिचेर डीन नियुक्त गरेको भन्दै डा केसीले निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ । आइओएमको डीन नियुक्त गरिएकी डा. शाह प्रधानमन्त्रीका निजी चिकित्सक हुनुहुन्छ भने संस्थाको वरियता क्रममा ३३ औँ नम्बरमा हुनुहुन्छ । निवर्तमान डीन डा. जगदिश अग्रवाललाई डा केसीको आन्दोलनपछिको सहमतिको आधारमा वरिष्ठता त्रम अनुसार डीन बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *