कांग्रेसले तय गर्‍यो काठमाडौंका उम्मेदवार, गगन क्षेत्र-४ बाटै उठ्ने

काठमाडौँ — नेपाली कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार महामन्त्री गगन थापा काठमाडौं- ४ बाट उम्मेदवार बन्नेछन् ।

 

कांग्रेसले यसपटक पनि पुराना उम्मेदवार दोहोर्‍याएको छ । कांग्रेस संसदीय बोर्डको जारी बैठकले काठमाडौैंको उम्मेदवार टुंगो लगाएको हो। उनीहरुको निर्णय भैसकेपनि टिकट भने लगिनसकेका स्रोतले जनाएको छ। कांग्रेसले यसपटक काठमाडौं-५ मा प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

काठमाडौं-३ मा सन्तोष चालिसेको सम्भावना छ । चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन् । २०७४ सालको चुनावमा पौडेल गण्डकी प्रदेशसभाको चुनावमा तनहुँ -२ ख बाट पराजित भएका थिए । गठबन्धनमा कांग्रेसको भागमा काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५, ६ र १० परेको थियो । सिंह, थापा, प्रधान र केसी गत चुनावमा सम्बन्धित क्षेत्रबाट जितेका व्यक्ति हुन् ।

हेर्नुहोस सूची

काठमाडौं–१ प्रकाशमान सिंह

काठमाडौं–४ गगन थापा

काठमाडौं–५ प्रदीप पौडेल

काठमाडौं–६ भीमसेनदास प्रधान

काठमाडौं–१० राजेन्द्र केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *