नर्थ क्यारोलिना नेपाली हेरिटेज सेन्टर अफ क्यारोलिनाज् स्थापना

 

 

नर्थ क्यारोलिना, ट्रायड नेपलीज् कम्यूनिटि सेन्टरद्धारा अक्षय तृतियाको दिन पारी विभिन्न देवि देवताको मुर्ति प्राण प्रतिष्ठा स्थापना गरिएको छ । टिएनसिसिद्धारा स्थापना गरिएको मन्दिरमा हिन्दु धर्मका विभिन्न मुख्य देवताहरुको मुर्ति स्थापना गरी प्राण प्रतिष्ठा स्थापना गरिएको हो । मन्दिर परिसरमा पण्डितद्धय महेश ढकाल र हिमाल ढकालद्धारा पुजा अर्चना गरी दिनभर भजन कृतन गरी प्रसाद वितरण गरिएको थियोे ।

मन्दिरमा स्थापना गरिएका र्मुिर्तहरु नेपालबाट नेत्ररोग विशेषज्ञ डा राम्रसाद पोख्रेल तथा पुजा सोनी पोख्रेल काफ्ले सौजन्य स्वरुप प्राप्त भएको संस्थाका अध्यक्ष शिव विष्टले बताए । बढ्दो नेपाली समाजका लागि हिन्दु परम्परा अनुसार पुजा पाठ गर्न अबको दिनमा हाई पोईन्ट तथा ग्रीन्सबोरो तथा आसपासको नेपाली तथा हिन्दु धर्म मान्नेहरुका लागि सहज हुनेछ ।

कार्यक्रममा टिएनसिसिका सस्थापक अध्यक्ष वसन्त खड्का, पुर्व अध्यक्ष सन्त्वना खड्का, निवर्तमान अध्यक्ष प्रसिम पौडेल, सल्लाहाकार राधा पौडेल, समाजसेवीहरु कृष्ण पौडेल, ईन्दिरा अर्याल, प्रतिमा शर्मा गैरे, लगायत संस्थाका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र गौतम, महासचिव शुशिल श्रेष्ठ, कोसाध्यक्ष दया ढकाल, तथा मन्दिर व्यवस्थापन तथा संयोजन समितिका कार्यकारी सदस्य ज्ञानु काफ्ले लगायत स्थानीय जनसमुदायको सहयोग उल्लेख्य थियो । मुर्ति स्थापना कार्यक्रममा स्थानीय समाजसेवी तथा भक्तजनहको उल्लेख्य उपस्थिति रहेको थियो । अबको दिनमा नेपाली चाडपर्वहरुमा पण्डितद्धारा पुजा अर्चना गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *