तिहारको उपलक्ष्यमा भ्वाईस अफ नेपालका जज अर्थात चर्चित गायक राजेश पायल राई र वावा खालिड सहभागी रहने कन्र्सट अक्टोबर ३० तारिक आईतबार ५ बजे आयोजना गर्ने भएको छ । नमस्ते लुम्बिनी रेष्टुरेष्टको हाई प्वाईन्ट र पीस जोन होम केयर ईन्कको आयोजनामा हुने कन्सटका लागि बुकिड खुल्ला भएको मुख्य आयोजक शिब विष्टले बताएका छन । नर्थ क्यारोलिनाको हाई पोईन्टस्थित ब्लु बर्ड ईभेन्ट सेन्टरमा हुने कन्र्सटमा राजेश पायल राईको मुख्य प्रस्तुति रहनेछ भने उनलाई साथ दिन बाबा खालिड सहभागी हुनेछन ।
नेपाली हिन्दु धर्मालम्बीहरुको चाड तिहारको उपलक्ष्यमा आयोजना हुने यस कन्र्सटमा नर्थ क्यारोलिना र भर्जिनियाबाट समेत नेपाली भाषीहरुका उल्लेख्य उपस्थिति रहने बताइएको छ । प्रतिव्यत्तिः ३० डलर टिकट किन्न पाईने छ । टिकटका लागि मुख्य आयोजक शिव विष्ट सम्पर्क गर्न ४४३ ९२७ ६४५६, नारद गिरी, ३३६ ३३४ २२०५ दिपक आचार्य ३३६ ८१४ ५३२२, खड्ग बस्नेत ३३६ ५४२ ७८६४ मा सम्पर्क गर्न आव्हान गरिएको छ ।
