नयाँ संसद्को पहिलो बैठक आज बस्दै

संघीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *