नयाँ मन्त्रिपरिषद कार्यविस्तार, नयाँ अनुहारको वर्श्चव

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन्।बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले मंगलबार सपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्।गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा

यस्तै माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा छन्। राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री वन तथा वातावरण; युवा तथा खेलकुद
 २. विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
 ३. नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात
४. रबि लामिछाने उपप्रधानमन्त्री गृह
 ५. राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
 ६. रेखा शर्मा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
 ७. विक्रम पाण्डे मन्त्री शहरी विकास
८. ज्वाला कुमारी साह मन्त्री कृषि तथा पशुपंक्षी विकास
९. दामोदर भण्डारी मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१०. राजेन्द्रकुमार राई मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११. अब्दुल खान मन्त्री खानेपानी
१२. डा. विमला राई पौड्याल मन्त्री परराष्ट्र
१३. पदम गिरी मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
१४. भगवती चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५. हरिप्रसाद उप्रेती मन्त्री रक्षा
१६. सुदन किराती मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. अमनलाल मोदी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८. शिशिर खनाल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१९. डोलप्रसाद अर्याल मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. ध्रुवबहादुर प्रधान मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
२१. सुशिला सिर्पाली ठकुरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२. डा. तोसिमा कार्की राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
२३. दिपक बहादुर सिंह राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *