दोश्रो पटक १२ सय डलर दिने बिल हाउसबाट पारित

अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोश्रोपटक सबै करदाता र नन फाइलर्सहरुलाई १२ सय डलर दिने प्रस्तावसहित डेमोक्र्याटहरुले ल्याएको बिल  आज अमेरिकी संसदको तल्लो सदनबाट मुस्किलले पारित भएको छ । बिलका पक्षमा २०८ मत खसेको थियो भने विपक्षमा १९९  मत खसेको थियो ।

ह्वाइट हाउसको भिटोपछि सबै रिपब्लिकनले बिलको विपक्षमा मतदान गरे भने १४ जना डेमोक्र्याटहरुसमेत विलको विपक्षमा थिए । अब बिल सिनेटमा त जानेछ तर रिपब्लिकन बहुमत रहेको सिनेटमा पारित हुने सम्भावना भने शुन्य प्राय छ । झण्डै ३ ट्रिलियन डलरको उक्त बिलमा रिपब्लिकनहरुको सहमति नभएकाले हाउस स्पीकर न्यान्सी पेलोसीले आफूहरुले टेबलमा प्रस्ताव राखेको र मोलतोल गर्न तयार रहेको बताएकी छिन् ।

अधिकांश रिपब्लिकनहरुले यो बिललाई सिनेटमा पुग्नुअगाडि नै मृतबिलको संज्ञा दिएका छन् । रिपब्लिकन नेताहरुले जस्तो राहत ल्याएपनि दुईपक्षीय सहमतिमा ल्याउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *