थप १७ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ९९

काठमाडौं-  नेपालमा थप १७ जनालाई कोरोना संक्रमण भएको छ। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरु सबै पर्साका हुन्। संक्रमित मध्ये ७ जना महिला र १० जना पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *