जर्जियाबाट सिनेटका दुबैसिटमा विजयी डेमोक्र्याट्स जोन ओसोफ र राफल वार्नकले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । साथै ह्यारिसको सिनेटमा कार्यकालको बाँकी २ बर्ष सम्हाल्ने एलेक्स प्याडिलियाले पनि सिनेटरका रुपमा सपथग्रहण गरेका छन् ।
सिनेटको अध्यक्षका हैसियतमा उपराष्ट्रपति कमला ह्यारिसले सपथग्रहण गराएकी हुन् । अब सिनेटमा औपचारिक रुपमा डेमोक्र्याट्सहरुको नियन्त्रण कायम भएको छ । सिनेटका एकसयसिटमा ५० सिट रिपब्लिकनले र ५० सिट डेमोक्र्याट्सले जीतेका कारण उपराष्ट्रपतिको टाइब्रेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण कायम भएको हो ।
नजिता प्रमाणिकरण गर्ने डेडलाइन शुक्रबारसम्म रहेपनि मंगलबार नै प्रमाणिकरण गरिएपछि आजै दुबैजनालाई उपराष्ट्रपति कमला ह्यारिसबाट सपथ ग्रहण गर्ने मौका मिलेको हो ।
३३ बर्षका डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुलाई पराजित गरेका हुन् । त्यस्तै राफल वार्नकले रिपब्लिकन उम्मेदबार केली लोफ्लरलाई पराजित गरेका थिए ।
ओसोफले झण्डै २४ हजार मतको अन्तरले जीतेका थिए भने वार्नकले झण्डै ६२ हजार मतले जीतेका थिए । वार्नकले सन् २०२२ को चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ भने ओसोफ पूरै ६ बर्ष सिनेटमा रहनेछन् ।