डिभी लोटरी खुल्यो

२०२५ को डिभी लोटरी खुलिसकेको छ । अक्टोबर ४ को मध्यान्हदेखि नोभेम्बर ७ को मध्यान्हसम्म डिभी लोटरी भर्न सकिनेछ । डिभी लोटरीमार्फत अमेरिका आउन चाहने सबै योग्यहरुलाई डिभी भर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ ।

डिभी २०२५ का विजेताहरुले सन् २०२५ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२४ को मे ४ मा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *