डिभी, ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि बढाइयो स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बढी हुनुपर्ने प्रावधान ल्याइएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले जनवरी १२ देखि लागु हुनेगरी पोभर्टी गाइडलाइन अपडेट गरेको थियो भने युएससीआइएसले यसको आधारमा मार्च १ बाट लागु हुनेगरी स्पोन्सरकर्ताको आम्दानीको स्तर निर्धारण गरेको छ ।

अलास्का र हवाई बाहेक ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नुपर्ने भएमा उसको बार्षिक आम्दानी २२ हजार ८८७ भन्दा बढी हुनुपर्ने प्रावधान ल्याइएको छ । गतबर्ष २१ हजार ७ सय ७५ डलरभन्दा माथि हुनुपर्ने प्रावधान रहेकोमा यो बर्ष १ हजार डलरभन्दा बढी बढाइएको हो ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले शतप्रतिशत पोभर्टी गाइडलाइनको रकम २ जनाको परिवारका लागि १८ हजार ३ सय १० डलर कायम गरेको छ । कसैलाई स्पोन्सर गर्नका लागि पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा माथि आम्दानी हुनुपर्ने भएकाले स्पोन्सरकर्ताको आम्दानीको मापदण्डमा परिवर्तन गरिएको हो ।

अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा १८ हजार ३ सय १० डलर भन्दा माथि आम्दानी भए पुग्नेछ । स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ ।

४८ राज्यमा हुनेहरुका लागि आम्दानीको मापदण्ड

युएससीआइएसले गतबर्ष नयाँ मापदण्ड अप्रिल १ बाट लागु गरेको थियो । यो बर्षभने मार्च १ बाटै लागु गरिएको छ । अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ ।

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

हवाईमा हुनेहरुका लागि

अलास्का र हवाईमा हुनेहरुका लागि भने अन्य राज्यको तुलनामा बढी आम्दानी भएको हुनुपर्छ । हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको तुलनामा अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

.

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ । अर्थात् आई १३४ फर्म भरेर स्पोन्सर गर्दा कम आम्दानी भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ ।

from khasokhas online

Leave a Reply

Your email address will not be published.