गायनमा तीन दशक लामो अनुभव बनाइसकेका “छाल झैँ कपाल” र “पिउँदा पिउँदा ” जस्ता कालजयी गीतका गायक बसन्त खड्का र गजल लेखनमा दुइ दशक भन्दा लामो इतिहास बनाएका डा ऋषि बस्ताकोटीको सहकार्यमा आएको “संगै संगै” गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ । यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृगतृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली”, “लालिमा”, “बेस्ट अफ बसन्त खड्का” लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् ।
डा ऋषि बस्ताकोटीका यस अघि “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गज़लहरू पनि नेपालका प्रतिष्ठित संगीतकार र गायक गायिकाहरूको सहकार्यमा नियमित रुपमा सांगीतिक बजारमा आएका छन । अघिल्लो हप्ता मात्रै बजारमा आएका डा चन्द्र गिरीसंगको सहलेखनमा डा बस्ताकोटीले लेखेको “मलाइ परदेशी नभन” बोलको राष्ट्रिय गीत पनि निकै लोकप्रिय भैरहेको छ ।
कोरोना भाइरसले विश्वलाई नै त्रस्त बनाएको समयमा सार्वजनिक गरिएको यो गजलले सुख दुखमा पारिवारिक साथ् सहयोगको महत्व र आपसी प्रेमलाइ झल्काउञ्छ । घरमा बसेर पारिवारिक वातावरणमा सुन्न उपयुक्त खालको यो गजल यो लिंकमा सुन्न/ हेर्न सकिन्छ