डा केसीको फेरी सत्याग्रह गर्ने चेतावनी

काठमाडौँ — मेडिकल शिक्षा तथा सेवामा सुधारका लागि पटकपटक सत्याग्रह गरेका अभियन्ता डा. गोविन्द केसीले झापास्थित बीएन्डसी मेडिकल कलेजलाई जबर्जस्ती सम्बन्धन दिने प्रक्रिया अघि बढाइए आफूले फेरि सत्याग्रह गर्ने बताएका छन् ।

 

हाल द्वन्द्वग्रस्त मुलुक यमनमा स्वयंसेवामा खटिएका केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडानविपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु ।’

उनले विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग सरकारले विगतम गरेका सहमतिहरु तोडेर जबर्जस्ती सम्बन्धन दिन लागेको बताएका छन् । उनले बीएन्डसीका संचालकले आफ्नो समूहका सदस्यलाई धम्की दिएको भन्दै त्यसको भर्त्सना पनि गरेका छन् । प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने भनी आफूसँग भएको सम्झौता पूरा गर्नुको सट्टा प्रधानमन्त्री ओलीले त्यसमा बाधा उत्पन्न गरेको र आफू नजिकका मान्छेको फाइदा हेरेर महंगो शूल्क लिने निजी मेडिकल कलेजलाई प्रसय दिएको आरोप पनि डा. केसीले लगाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *