डा केसीको जीवन रक्षा गर्दै माग पुरा गर्न अमेरिकी डाक्टरहरुको माग

होमप्रसाद लम्साल
अमेरिका, नेपाल अमेरिका मेडिकल फाउण्डेनले २५ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन । अमेरिकामा कार्यरत नेपाली डाक्टरहरुको संस्था मेडिकल फाउण्डेसनले तत्काल डाक्टर केसीको माग पुरा गर्न र उनको जीवन रक्षाका लागि पहल गर्न नेपाल सरकारसंग आग्रह गरिएको अध्यक्ष  डा भुपेश खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डा केसीद्धारा मेडिकल शिक्षा लगायतका विषयमा गरिएको आन्दोलनमा मेडिकल फाउण्डेसनले ऐक्यबद्धता जनाउँदै सो मागहरु अक्षरस कार्यन्वयन गर्न नेपाल सरकारसंग माग गर्दै डा केसीमो जीवन रक्षा पहिलो सर्त रहेको जानएको छ । अध्यक्ष डा खड्काले भने पहिलो डा केसीको जीवन रक्षा र दोश्रो सम्पुर्ण मागहरु कार्यन्वयन गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने नागरिकन्यूजसंग बताए ।
अमेरिकामा कार्यरत डा दामोदर पौडेल (केसीको विद्यार्थी) ले डा केसीले प्रस्तुत गरेको सबै मागहरुले नेपाली जनताको पक्षमा रहेको बताउँदै नेपाल सरकारले कुनै पनि सर्त विना डा केसीको माग अक्षरस पालना गर्न माग गरे । नागरिक न्यूजसंगको कुराकानीमा डा पौडेलले भने आफुले शिक्षा लिएको र लामो समय संगै डा केसीसंग काम गरेको बताउँदै डा केसीसंग मेडिकल शिक्षाका विषयमा रहेको दुरगामी सोचहरुलाई कार्यान्वयन गरेको खण्डमा नेपालमा मेडिकल शिक्षाको क्षेत्रमा आमुल परिवर्तन आउने छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन संघले बिहीबार बिहन ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोना उपचारबाहेक सबै सेवा बहिष्कार गर्ने भएको छ । सबै सेवा बहिष्कार गरेर जनस्वास्थ्य मापदण्ड पालना गर्दै धर्ना दिने संघले जनाएको छ । मेडिकल फाउण्डेसनले नेपालमा स्वास्थ्यको विषयमा लामो समयदेखि विभिन्न परोपकारी कामहरु गर्दै आएको छ । अमेरिकामा नेपाली डाक्टरहरु एक हजारको हाराहारीमा रहेको अपुष्ट तथ्यांक भए पनि मेडिकल फाउण्डेसनमा साँडे तीनसय डाक्टरहरु संलग्न रहेका छन ।

नेपाल मेडिकल काउन्सिलले शुक्रबार देशभर आकस्मिक र कोरोना उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा संघले गरेको छ । अर्को निर्णय नहुँदासम्म सबै चिकित्सकले कालोपट्टी बाँधेर काम गर्ने भएका छ ।

संघले तत्काल सरकारले वार्ता टोली गठन गरेर उनको सत्याग्रहको अन्त्य नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ। चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार बुधबार बिहान डा. केसीको ब्लड प्रेसर (बी पी) घटेर ७०र५० मा पुगेको हो । अनशन लम्बिदै जाँदा डा. केसीको मुटुको चालमा गम्भीर समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार उनलाई कतिबेला के हुन्छ भनेर भन्नै नसक्ने अवस्था रहेको छ । स्वास्थ्य गम्भीर बन्दा पनि डा। केसीले उपचार लिन मानेका छैनन् ।
भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

अनशनको २३ औं दिनमा बुधबार पहिलो पटक सरकारी टोली केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो । शिक्षा सचिव गोपीनाथ मैनाली दुई सहयोगीका साथ केसी भेट्न अनशनस्थल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *