टेक्सास गोलीकाण्ड : १८ बालबालिकासहित २१ जनाको हत्याअघि आक्रमणकारीले आफ्नै हजुरआमालाई गोली हानेका थिए

टेक्सास : अमेरिकाको टेक्सासको एक विद्यालयमा १८ वर्षीय बालकले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । सोही क्रममा घटनाको जानकारी पाएर घटनास्थलमा पुगेको टेक्सास प्रहरीले जवाफी कारबाही गर्दै आक्रमणकारीलाई मारेको छ। अहिले सो घटनासम्बन्धी नयाँ खुलासा भएको छ । यो घटना गर्नुअघि आक्रमणकारीले आफ्नै हजुरआमामाथि गोली प्रहार गरेको बताइएको छ ।

 

प्रारम्भिक अनुसन्धानमा प्रहरीले १८ वर्षीय आक्रमणकारी पहिले हजुरआमाको घर गएको थियो । त्यहाँ उसले हजुरआमालाई गोली हाने पछि विद्यालयमा प्रवेश गरेको थियो। प्राप्त जानकारी अनुसार आक्रमणकारीले विद्यालयमा प्रवेश गर्नेबित्तिकै अन्धाधुन्ध गोली चलाएको थियो ।

अगाडि आउने जो कोहीलाई उनले गोली हानेका थिए। एकपछि अर्को गर्दै आक्रमणकारीले पहिलो, दोस्रो, तेस्रो र चौथो कक्षाका विद्यार्थीमाथि गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो ।

घटनाअघि उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एआर१५  राइफलको तस्बिर सेयर गरेका थिए। प्रहरीका अनुसार १८ वर्षीय आक्रमणकारीको मानसिक अवस्था ठीक थिएन ।

यो घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । सोही क्रममा घटनाप्रति दुःख व्यक्त गर्दै ह्वाइट हाउसमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भने, ‘राष्ट्रपति बनेपछि यस्तो सम्बोधन गर्न कहले पनि चाहेको थिइनँ।’

उनले यस घटनामा ज्यान गुमाएका सबै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । यसबाहेक बाइडेनले पछिल्ला केही वर्षमा अमेरिकी विद्यालयमा भएका आक्रमणको पनि उल्लेख गरेका थिए।

जो बाइडेनले भने, ‘निर्दोष बालबालिकाहरुसँग यस्तो भयो। यी बालबालिका तेस्रो र चौथो कक्षामा हुन् । यीमध्ये धेरै बच्चाहरूले आफ्ना साथीहरू मरेको देखेका छन्। आज राती धेरै अभिभावकले आफ्ना बच्चाहरूलाई देख्ने छैनन्। बच्चा गुमाउनु भनेको आफ्नो शरीरको कुनै अंग चिर्नुजस्तै हो।’ एबीपी न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *