टुंगियो कांग्रेसको क्रियाशील सदस्यता विवाद

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगिएको छ । क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई साँझ प्रतिवेदन बुझाएको छ । देउवा निवास बुढानीलकण्ठमा विवाद समाधान समितिमा रहेका नेताहरू पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन बुझाएका हुन् ।

साँझसम्म गृहकार्य गरेर विवाद मिलेपछि सभापति समितिले देउवालाई प्रतिवेदन बुझाएको देउवाको सचिवालयले जानकारी दिएको छ ।


सदस्यतामा रहेको विवाद समाधानका लागि गत साउन ३० गते पूर्वमहामन्त्री सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । समितिलाई भदौ २ गतेसम्म क्रियाशील सदस्यता विवरण बुझाउने समय दिइएको थियो ।

तर, समितिले पाँच दिन ढिला गरेर आजमात्र प्रतिवेदन बुझाएको हो । के का आधारमा विवाद समाधान गरिएको हो भन्ने खुलाइएको छैन ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि कार्यतालिकासहित निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *