टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प, व्यापक धनजनको क्षतिको आशंका

काठमाडौँ- टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सीले स्थानीय समय अनुसार साँझ ८:४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प आएको बताएको छ ।

टर्कीमा दुईवटा नयाँ भूकम्पमा कम्तीमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् ।

भूकम्प सिरियासँगको सीमा नजिकैको दक्षिण-पूर्वमा गएको थियो । जहाँ ६ फेब्रुवरीमा ठूलो भूकम्पले दुवै देशलाई ध्वस्त बनाएको थियो ।

यसअघिका भूकम्पले टर्की र सिरियामा ४४ हजार मानिसको ज्यान लिएको थियो भने हजारौं घरबारविहीन भएका थिए । ती भूकम्पका कारण कमजोर भएका भवनहरू सोमबार दुवै देशमा ध्वस्त भएका छन् ।

एम्बुलेन्स र उद्धारकर्मीहरूले नराम्ररी क्षतिग्रस्त भवनहरूका पर्खालहरू ढलेका क्षेत्रमा पुग्ने प्रयास गर्दा अन्टाक्या सहरका सडकहरूमा डर र आतंक मच्चिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *